आज :

युक्रेनमा रुसी सेनालाई थप सफलताः सुमीकाे झुराव्का शहर पूरै रूसको कब्जामा

  • अनलाइन डबली

काठमाडाैँ । पछिल्लाे पटक उच्चस्तरकाे लडाइँ छेडेकाे रूसी सेनाले फेरि युक्रेनकाे एक गाउँ कब्जामा लिएकाे छ । रुसकाे रक्षा मन्त्रालयका अनुसार युक्रेनको सुमी ओब्लास्टमा रहेको झुराव्का शहर रुसी सेनाले नियन्त्रणमा लिएको हाे ।

साे क्रममा रूस र युक्रेन बीच भिषण लडाइँ समेत भएकाे थियाे । युक्रेनले रूसी हमला असफल पारेकाे दाबी गरिरहेकाे साे शहरमा रूसकाे झण्डा फहराइरहेकाे अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन् ।

मन्त्रालयले रूसी सेनाले युक्रेनका धेरै सैन्य विमानस्थलहरू, क्षेप्यास्त्र र तोपखाना डिपोहरूलाई लक्षित हमला गरेकाे जनाएकाे छ । सो क्रममा २०० युक्रेनी ड्रोनहरू खसालेको रूसले दाबी गरेकाे छ ।

साे शहर कब्जामा लिन २४ घण्टामा अग्रपंक्ति क्षेत्रहरूमा १४९ झडप भएको बताइएकाे छ ।

उता कुर्स्कमा पनि रूसी सेनाले हमला थप तेज पारेकाे जनाइएकाे छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal