आज :

प्रधानमन्त्री ओलीको बेडरुमसम्म बिचौलियाहरुको पहुँच छः गगन थापा

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको बेडरुमसम्मै बिचौलियाहरु पुग्ने गरेको आरोप लागेको छ । उक्त आरोप सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लगाएका हुन् ।

काठमाडौँमा मंगलवार आयोजित एक कार्यक्रममा बोल्दै थापाले सरकारले गति लिन नसकेको बताएका छन् । त्यसको मुख्य कारण बिचौलयाको पहुँच भएको दाबी समेत गरे ।

उनले निजी क्षेत्र र बिचौलिया फरक कुरा भएको जिकिर गर्दै अहिले अर्थतन्त्रमा समस्या बिचौलियाहरुको पहुँच प्रधानमन्त्री ओलीका शयन कक्षसम्म भएकोले समस्या सिर्जना भएको बताए ।

पहिला पहिला राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदा यो बन्ला की त्यो बन्ला भन्ने कौतुहलता हुने गरेको भएपनि अहिले विचौलियाको क्यान्डिडेट भनेर खुल्लम खुला बहस र छलफल हुने अवस्था देखिएको थापाले बताए ।

दुई ठूला राजनीतिक दलहरू मिलेर सरकार बने पछि संविधानमा बदलाव ल्याउनेदेखि विकास निर्माणका कामलाई तीव्रता दिने अपेक्षा गरे पनि त्यसअनुसार काम हुन नसकेको थापाले बताए ।

‘हामीले के ठानेका थियौँ भने दुई वटा ठूला ठूला पार्टी मिलेर सरकार बनि सके पछि संविधानमा पनि केही कुरा बदलाव ल्याउने, गभर्नेन्समा व्यापक सुधार गर्ने भनेर ब्यक्तिगत रूपमा त मैले यस पटक केही भूमिका लिनुपर्छ भनेर सरकार बाहिर नै रहे, यो सरकार सफल बनाउने, यो सरकारले परिणाम दिने कुराको सन्दर्भमा व्यक्तिगत रूपमा योगदान गर्छु भनेर लागे तर सरकारले सोचे अनुसार गति दिन सकेन् ।’
महामन्त्री थापाले सरकारले गियर चेन्ज गरेन भने थप निराशामा जनतामा जाने दाबी गरे ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal