
काठमाडौं । पत्रकार पदम श्रेष्ठद्वारा लिखित ‘पशुपतिनाथ, बौद्ध, चावहिल’ बुकलेट विमोचन गरिएको छ । काठमाडौं वडा नं.७ मा आयोजित नयाँ वर्षको शुभकामना आदान प्रदान तथा ‘पशुपतिनाथ, बौद्ध, चावहिल’ बुकलेट विमोचन कार्यक्रममा एक सय एक वर्षका सताब्दि पुरुष डा.गौरीशंकर लाल दासको हातबाट सोमबार उक्त बुकलेट विमोचन भएको हो ।
काठमाडौं महानगरपालिका ७ र ८ का वडाध्यक्ष, सदस्यहरु लगायतको बाक्लो उपस्थितिमा बुकलेट विमोचन कार्यक्रममा प्रमुख अतिथि रहेका वडा नं.७ का वडाबासी तथा सताब्दि पुरुष डा.गौरीशंकरले बुकलेटका लेखक श्रेष्ठलाई मुरीमुरी धन्यवाद, साधुवाद, सर्हना व्यक्त गरे । उनले पशुपतिनाथ, चावहिल, बौद्धलाई समेटेर प्रकाशित पुस्तिकाले हिन्दु र बौद्धलाई समेटेएको भन्दै लेखकलाई धन्यवाद व्यक्त गरेका थिए । साथै, उनले उपस्थिति सबैलाई नयाँ वर्षको शुभकामना दिएका थिए ।
कार्यक्रममा प्रदेशसभा सदस्य बाग्मती प्रदेश तथा सार्वजनिक लेखासमिति सभापति श्रीराम लामिछानेले ऐतिहासिक पुरुषको हातबाट विमोचन भएको चारुमति, बौद्ध, पशुपतिनाथ, चावहिल गणेशथान आदिबारे जानकारी गराउनुको साथै यसले सांस्कृतिक, धार्मिक पक्षलाई समेट्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । त्यस्तै, नेपाली कांग्रेसका क्षेत्रीय सभापति श्यामकिशोरले उपस्थित सबैलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्दै बुकलेटले स्थानीयस्तरको बारेमा जानकारी गराउने बताएका थिए ।
कार्यक्रममा कामपा वडा नं.७ वडाध्यक्ष विमल कुमार होडाले उपस्थित सबैलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्दै सबैले एकअर्कासँग हातेमालो गर्दै काम गर्न उत्साहित गरेका थिए । साथै, उनले प्रकाशित बुकलेटले पशुपतिनाथ, बौद्ध, चावहिल लगायतका धार्मिक स्थलहरुको धर्म, संस्कृति आदिबारे जानकारी दिने बताए । त्यस्तै, वडा ७ का सदस्य उज्वल अर्यालले उपस्थित सबैलाई शुभकामना तथा धन्यवाद प्रदान गर्दै प्रकाशित बुकलेटबाट केही ज्ञानमूलक कुराहरु थाहा भएको बताएका थिए ।
नयाँ वर्ष र बुकलेट प्रकाशितको बारेमा शुभकामना दिदैँ कामपा वडा नं.८ का वडाध्यक्ष आशामान संगतले गत वर्ष गरेका असल कामले सबैलाई राम्रै गरेको भन्दै अब २०८२ सालमा सबैको सरसल्लाहनुसार राम्रो काम गर्दै जाने बताए । मस्तिष्कमा समझदारी, काँधमा जिम्मेवारी, हृदयमा इमानदारी र काममा साझेदारी भएर काम गर्दै जाने भन्दै उनले कर्मचारीले शासन व्यक्तिको भन्दा पनि विधिको गर्ने जनाए । साथै, उनले पशुपति, बौद्ध क्षेत्रलाई समेटेर प्रकाशित बुकलेटले धर्म र संस्कृतिलाई झल्काउने भन्दै उपस्थिति सबैलाई नयाँवर्षको शुभकामना दिएका थिए ।
बुकलेटका लेखक तथा पत्रकार श्रेष्ठले विशेषतः प्रकाशित बुकलेटले देश तथा विदेशमा रहेका नेपाली पर्यटकलाई सहयोग पुग्ने आसय व्यक्त गरेका थिए । उनका अनुसार पशुपतिनाथ, बौद्ध महाचैत्य र चावहिल धन्दो चैत्यलाई एकसाथ सुवर्णपुरी सम्पदा क्षेत्रका नामले सम्बोधन गरिने भएकाले यसलाई समेटेर बुकलेट प्रकाशन गरिएको हो । उनले बुकलेटमा पशुनाथ र बौद्धका बारेमा जानकारी गरिएको बताए । धेरैजनाको साहयोगमा प्रकाशन गरिएको बुकलेटले धेरै लुप्त दस्ताबेजलाई उजागर गर्ने उनले बताए । २२ वर्ष अगाडी काठमाडौं उपत्यकाका ऐतिहासिक सम्पदा, संस्कृति र वडा वडाको प्रोफाईल लेखन अनुसन्धान गरी चार सय २४ पेजको नेपाल मण्डल सम्पदा पुस्तक निकालेको र त्यही पुस्तकबाट पर्यटन हवः उत्थानार्थ यो सानो बुकलेट प्रकाशित गरिएको उनले जानकारी गराए । साथै, बुकलेटको लक्ष्य पशुपति, बौद्ध र चावहिलको ऐतिकासिक सांस्कृतिक र पुरातात्विक तथ्यलाई उजागर गर्दै संयुक्त पर्यटन हवः प्रवद्र्धन गर्नु रहेको बताए । उनका अनुसार विश्वका बैद्धिक, बौद्ध, जैन, शिख, नाथ, नागा, गणपद, कापलिक मताबलम्बीहरुलाई एक आपसका समभावयुक्त दर्शन गर्नु गराउनु पनि हो । बुकलेट प्रकाशनमा एक्यवद्धता जनाउने छोर्टेन मासिकका सम्पादक प्रकाशक विरबहादुर वाईवा, प्रकाशक छोर्डान महिला समाजकी अध्यक्ष माया दिदी र वडा नं.६, ७, ८ का सदस्यलगायत परिवारलाई आभार व्यक्त गर्दै उनले यस बुकलेट तथा डकुमेन्ट्रीको माध्यमबाट पछिका पिढीका लागि दस्तावेज हुने बताए । पत्रकार श्रेष्ठ ऐतिहासिक सम्पदा, संस्कृति, संस्कार, धर्म आदिमा कलम चलाउँदै आएका आएका छन् ।