
चैत्र ३१ गते आइतबारका दिनमा नेकपा एकीकृत समाजवादी, जिल्ला कमिटी हुम्लाले जिल्लाको १०औं जिल्ला सम्मलेलनका लागि लोगो सार्वजनिक गर्न पत्रकार सम्मलेनको आयोजना गरेको छ ।
“सुशासन रोजगारी, समाजवादको तयारी” भन्ने मुल नाराका साथ नेपालको वर्तमान राजनीतिक परिस्थिति लगायत जनजीविकाका सवालका साथै ११ दिनदेखि चली रेहको शिक्षक आन्दोलनको जायज माग यथाशिध्र सम्वोधनका लागि समेत ऐक्यवद्धता जारी गरेको छ ।
पत्रकार सम्मेलनमा नेकपा एस, जिल्ला कमिटी हुम्लाका सचिव कमल छत्यालले प्रेस विज्ञप्ति वाचन गरेका छन् भने नेकपा एस हुम्लाको १०औं अधिवेशनको लोगो सार्वजनिक जिल्ला अध्यक्ष जोशी धामी, पोलिटब्युरो सदस्य ताथ हुम्ला जिल्ला ईन्चार्ज हस्तबहादुर शाही, केन्द्रीय सदस्य तथा हुम्ला जिल्ला समन्वय समितिका संयोजक शिवराज शर्मा, केन्द्रीय सदस्य तथा चंखेली गापाका उपाध्यक्ष प्रेमकला शाही, सचिव कमल छत्याल तथा प्रचार विभाग प्रमुख कर्ण रोकायाले संयुक्तरुपमा गरेका छन् ।
उक्त कार्यक्रमपछि जिल्ला पार्टीको अवस्था, वर्तमान सन्दर्भ, जनजीविकाका सवाल र अन्य सान्दर्भिक विषयहरुमा पीबीएम हस्तबहादुर शाही, केस प्रेमकला शाही, केस शिवराज शर्मा र अध्यक्ष जोशी धामीले पत्रकारले राखेका जिज्ञासाको जवाफ दिएका थिए ।
पछिल्लो समय देखिएको स्थानीय, प्रादेशिक तथा संघीय सरकारबाट प्राप्त हुने योजना र बजेटमा समेत कमीशसनको खेल हुने गरेको र जनजीविकाका सवालहरु सम्बोधन गर्नुभन्दा पनि कुर्ची तानतानको अवस्थाले दण्डीहीनता ताथ सुशासनलाई उपेक्षा गर्न सरकार उद्त भएकाले खबरदारी समेत गर्नु परेको कुरा नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा हुम्ला ईन्चार्ज हस्तबहादुर शाहीको भनाई रहेको छ ।
नेकपा एसले केन्द्र र प्रदेशको अधिवेशन समाप्त गरेर जिल्ला अधिवेशन तयारीका लागि हुम्लाको सात गापामध्ये चार गापामा गापा अधिवेशन सम्पन्न गरेको छ भने अन्य तीन गापामा वैशाख १५ र १६ गते हुने जिल्ला अधिवेशसनपछि गरिने भएको छ ।
विशेष गरी हुम्ला जिल्ला प्राकृतिक तथा सांस्कृतिक विविधताको धनी देशको एक उत्तरी खण्ड हुम्ला पनि यस्ता निधि र विधिहरुले सम्पन्न भएकाले यसको राष्ट्यि र अन्र्तराष्ट्यि रुपमा प्रचार प्रसार गरी पर्यटनको विकास विस्तार गर्न गराउनका लागि नेकपा एसको १० औं जिल्ला अधिवेशनको लोगोमा कस्तुरी मृग, चंखेली हिमाल र कर्नाली नदीको समीपमा रहेको खार्पुनाथतीर्थ स्थललाई छनौट गरिएको जानकारी नेकपा एस, जिल्ला कमिटी हुम्लाका सचिव कमल छत्यालले बताएका छन् ।
नेकपा एसले नेपाल पत्रकार महासंघ हुम्लाको छनौट भएको नयाँ कार्य समिति र विभिन्न दलमा आवद्ध पत्रकार संगठनका नवनिर्वाचित पदाधिकारीहरुलाई खादा लगाएर सम्मान समेत गरेको छ ।
नेकपा एस हुम्लाको १०औं अधिवेशसनमा नेकपा एसका केन्द्रस्य अध्यक्ष माधवकुमार नेपाल, प्रमुख अतिथि, कर्णाली प्रदेश ईन्चार्ज चन्द्रबहादुर शाही विशेष अतिथि तथा अतिथिमा कर्णाली प्रदेशका अध्यक्ष ठगेन्द्र पुरी, केस शिवराज शर्मा, केस प्रेमकला शाही तथा अन्य महानुभावहरुको उपस्थिति रहने छ भने १०औं जिल्ला अधिवेशन हुम्लाको दक्षिणी पश्चिमी कुनामा रहेको अदानचुली गापाको केन्द्र श्रीनगरमा हुने भएको छ ।