आज : २०८२ बैशाख, १८

डा.केसी १७ औँ अनशन डडेल्धुरामा बस्दै

  • २०७६ कार्तिक १७ गते   १०:३६ बजे

काठमाडौं । चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै अनशन बस्दै आएका डा.गोविन्द केसी आज पुनः१७ औं अनशन बस्दै छन् ।

त्रिवि शिक्षण अस्पतालबाट केही दिनअघि मात्र अवकाश पाएका उनी यस पटक अनशन बस्न डडेल्धुरा पुगेका छन् ।
उनले यसअघि काठमाडौंमा चिकित्सक संघको केन्द्रीय कार्यलयमा अनशन बस्न इच्छा देखाए पनि ठाउँ नदिइएपछि डलेल्धुरा पुगे । उनले भने,‘मेरो १७ औं अनशन डडेल्धुराबाट शुरु गर्दैछु भर्खर डडेल्धुरा आइपुगें यहीँबाट अनशन शुरु गर्छु कुन ठाउँमा बस्ने भन्ने कुरा चाहिँ टुंगो लागेको छैन ठाउँ हेर्दै छु यता बेलुकसम्म मेरा माग पूरा भए भने अनशन नबस्न पनि सक्छु ।’

यसपटक उनले नेपालका सबै निजी मेडिकल कलेजले अवैधरूपमा असुल गरेको रकम फिर्ता गरिनुपर्ने, नेताहरू उपचारका लागि सरकारी खर्चमा विदेश जान रोक्नुपर्ने, विभिन्न आयोगले दोषी ठहर्याएकालाई कारबाही हुनुपर्ने लगायतका मागहरू छन् ।

यसअघि शिक्षण अस्पतालस्थित गणेशमान सिंह भवनमा १६ पटकसम्म अनशन बसेका केसी यसपालि डलेल्धुरा पुगेका हुन् । चिकित्सा शिक्षाभित्र देखिएको विकृति अन्त्य गर्न सरकार उदासीन देखिएको भन्दै उनले अनशन बस्न लागेका हुन् ।

यसअघि उनले आफ्ना माग र यसअघिको अनशनका क्रममा भएका सहमति पूरा गर्नका लागि सरकारलाई अल्टिमेटमसमेत दिएका थिए । अल्टिमेटम दिँदासमेत सरकार उदासीन बनेपछि आफ्नो १७ अनशन सुरु गर्न लागेका हुन् ।

चिकित्सा शिक्षाको सुधार हुनुपर्ने माग राख्दै सरकारलाई दबाब दिन उनी १६ पटकसम्म अनशन बसे र उनले आफ्नो १६ औँ अनशन इलाम पुगेर सुरु गरेका थिए । चिकित्सा शिक्षामा सुधार हुन नसक्दा यो क्षेत्रमा विकृति बढ्दै गएको उनकोे आरोप छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
onlinedabali@gmail.com
dabalinews@gmail.com

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal