आज : २०८२ बैशाख, ०४

जापानमा चिनियाँ राष्ट्रपति सि र अमेरिकी समकक्षी ट्रम्प भेट्ने

  • २०७६ अषाढ ०८ गते   ०५:३४ बजे

काठमाडौं । चीनका राष्ट्रपति सि जिनफिङले यसै साता जापानमा हुने जी-२० बैठकमा भाग लिने भएका छन् ।

जापान यात्राका क्रममा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्ने र दुई देशबीच जारी व्यापार युद्धलाई निकास दिने कुराकानी गर्ने सम्भावना रहेको बताइएको छ ।

भेटघाटको उद्देश्य अमेरिकाद्वारा चीनको ३०० अर्ब डलरबराबरको निर्यातमा लगाइएको शुल्क हटाउने रहेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले आइतबार भने, ‘‘सि जापानका प्रधानमन्त्री सिन्जो आबेको निमन्त्रणमा २७ देखि २९ जुनसम्म जापानको ओसाकामा हुन लागेको जी–२० को १४ औं शिखर बैठकमा भाग लिन जाँदै छन् । यसअघि १८ जुनमा ट्रम्प र सिबीच लामो कुराकानी भएको थियो ।’’

उनका अनुसार दुई राष्ट्र प्रमुखको छलफलमा लामो समयदेखि चलेको व्यापार विवादलाई निकास दिनेबारे कुरा भयो । यो व्यापार युद्धको सुरुआत गत वर्ष अमेरिकी राष्ट्रपति ट्रम्पका तर्फबाट भएको उनले बताए ।

उनका अनुसार चीनको व्यापार घाटा कम गर्न सिले कदम चाल्नुपर्ने ट्रम्पको चाहना छ । गत वर्ष चीनको व्यापार घाटा ५३९ अर्ब डलर पुगेको थियो ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
onlinedabali@gmail.com
dabalinews@gmail.com

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal