
काठमाडाैँ । युद्द बिराम भंग भए पछि गाजामा कम्तिमा ५०० बालबालिकाको हत्या भएको छ ।
गत महिना हमाससँगको युद्धविराम तोडेको बेलादेखि गाजामा लगातार इजरायली हवाई आक्रमण र बमबारीमा परी कम्तिमा ५०० प्यालेस्टाइनी बालबालिकाको मृत्यु भएको हो । गाजा सिभिल डिफेन्सका प्रवक्ता महमूद बसालले सो जानकारी दिएका हुन ।
संयुक्त राष्ट्रका एक अधिकारीले युद्धग्रस्त क्षेत्रलाई ‘पोस्ट–अपोकेलिप्टिक मर्डर’ क्षेत्रको रूपमा वर्णन गरेका छन् ।
यसैबीच, इजरायली हवाई हमलामा शनिबार पनि गाजामा एक बालकसहित कम्तीमा ५ जनाको ज्यान गएपछि पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।
इजरायलले मार्च १८ मा गाजामा पुनः बमबारी सुरु गरेपछि १ हजार ५०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ।
शनिबारको पछिल्लो इजरायली आक्रमणमा गाजाको तुफाहका छिमेकमा दुई व्यक्तिको मृत्यु भएको र दुई बालबालिका घाइते भएको रिपोर्ट गरिएको छ भने गाजाको उत्तरी भागमा रहेको बेत लाहियाको अल अतात्रा जिल्लामा दुई जना मारिएका छन्। खान युनिसको दक्षिणमा रहेको किजान एन नज्जर क्षेत्रमा इजरायली ड्रोन आक्रमणमा अर्का प्यालेस्टिनीको मृत्यु भएको छ।