आज :

काँग्रेस-एमालेभित्र किचलोः विश्वप्रकाश भन्छन्- संयन्त्र खारेज गरौं, सरकारबाट हटौं

  • अनलाइन डबली

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारलाई सफल पार्न बनाइएको उच्च स्तरिय राजनीतिक संयन्त्र खारेज गर्नुपर्ने बताएका छन् ।

विहीबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारीको बैठकमा शर्माले सरकारले राम्रो काम गर्न नसकेको बताए ।

शर्माले सरकारले कुलमान घिसिङलाई हटाउने र सामाजिक संजाल विधेयक ल्याउँदा आफ्नो पार्टीसँग छलफल नगरेको बताउँदै यस्ता विषयमा छलफल नगर्ने भए संयन्त्र खारेज गर्नुपर्ने बताएका हुन् ।

शर्माले नेकपा एमालेसँगको सत्ता सहयात्राबारे विकल्पको प्रस्ताव पनि प्रस्तुत गरेको एक नेताले जानकारी दिए । उनले सरकारको विकल्प नखोज्ने भन्दैमा गलत कामहरुको समर्थन गर्न नसकिने अडान लिएका थिए ।

त्यसैगरी महामन्त्री शर्माले कांग्रेसका कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई काम गर्न अप्ठेरो भएको भए खुलेर भन्न आग्रह गरेका थिए । ‘कांग्रेस सत्तापक्षकै बेन्चमा बसेर पनि सरकारका कमी कमजोरीप्रति प्रश्न गर्ने ठाउँमा हुनुपर्ने हुन्छ ।

हामी संलग्न सरकारको सफलताको लागि बोल्नु हाम्रो कर्तव्य हुन्छ’ शर्माले भने । उनले कांग्रेस सरकारबाट बाहिरिँदा विपक्षीको बेन्चमा होइन, सत्ता पक्षको बेन्चमा बस्ने, सरकारलाई साथ दिने, कमजोरीप्रति प्रश्न गर्नुपर्ने धारणा राखेका थिए ।

 

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal