आज :

१६ औँ विश्व सामाजिक सम्मेलन आजदेखि काठमाडौंमा, ९२ देशका प्रतिनिधि सहभागी हुँदै

  • अनलाइन डबली

काठमाडौं । विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलन नेपालमा आजदेखि हुँदैछ । संघीय राजधानी काठमाडौंमा हुने सम्मेलनमा सात वटै महादेशका ९२ भन्दा धेरै देशका विभिन्न सामाजिक आन्दोलनका अगुवा र प्रतिनिधिहरू सहभागी हुँदैछन् ।

सम्मेलनको पहिलो दिन बिहीबार भृकुटीमण्डपदेखि शान्तिवाटिका, न्यूरोड हुँदै फेरि भृकुटीमण्डपसम्म शान्ति ¥याली निकाल्ने तयारी छ । मञ्चको सचिवालयका अनुसार विहान ११ बजेबाट ¥याली प्रारम्भ हुनेछ ।

सामाजिक न्याय, जलवायु न्याय, मानवअधिकार, समानता, वातावरण संरक्षण, दिगो शान्ति कायमको दवाव सिर्जना गर्ने उदेश्यले विश्वव्यापी रुपमा आयोजना हुँदै आएको ‘विश्व सामाजिक मञ्च’को सम्मेलन यसपटक नेपालमा हुन लागेको हो ।

‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ हुने सम्मेलनमा नवउदारवाद, भुमण्डलीकरण, पूँजीवाद, जलवायु संकट, पितृसत्ता, जातजाति, छुवाछुत तथा रंगभेद, नश्लभेद, लैंगिकता तथा यौनिकताका आधारमा हुने हिंसा तथा विभेद विरुद्ध छलफल र बहस हुने सम्मेलन व्यवस्थापन समितिले जनाएको छ ।

सम्मेलनका क्रममा मूलतः १३ वटा मुख्य विधाहरुमा आधारित भएर साना–ठूला ४०२ वटा कार्यक्रमहरु हुनेछन् ।
जसमा मजदुर आन्दोलन, किसान र कृषि आन्दोलन, भुमि अधिकार, कृषि खाद्य सुरक्षा, महिलावादी आन्दोलन, सीमान्तकृत सामाजिक समुह, लोकतान्त्रिक अभियान, शरणार्थी तथा आप्रवासन आन्दोलन, मिडिया कन्क्लेभ, अन्तर महादेशीय युवा सम्मेलन लगायतका कार्यक्रम छन् ।

सम्मेलनका लागि ९२ देशका एक हजार २ सय ५२ वटा संस्था र समुहरुका स्वआयोजकका रुपमा दर्ता भएका छन् ।

सामेलनमा ४० देखि ५० हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको छ । पहिलो पटक ब्राजिलमा सन् २००१ देखि सुरु भएको यो विश्वव्यापी सम्मेलन हरेक बर्ष विभिन्न देशले आयोजना गर्दै आएका छन् । यस मञ्चलाई असमानताविरुद्ध विशुद्ध नागरिक समाज आन्दोलनको विश्वव्यापी प्लाटफर्ममा रुपमा लिइने गरेको छ ।

सम्मेलनका कार्यक्रमहरुलाई नेपाली, अंग्रेजी, फ्रेन्च, स्पेनिस, अरबिक र पोर्तुगिज गरी छ भाषामा अनुवादको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal