
काठमाडौं । संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् ।
विहान मन्त्रिपरिषद् बैठकमा ओलीले संसद विघटनको प्रस्तावको विरोध गरेका कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव राजिनामा दिएका छन् ।
पूर्वमाओवादी नेता तथा गृहमन्त्री रामबहादुर थापा र उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले प्रधानमन्त्री ओलीलाई साथ दिएका छन् । राजिनामा दिनुअघि बादल र भट्टसँग सामान्य छलफल भएको र दुबै जनाले आफूहरु राजिनामा नदिने भनेको राजिनामा दिएका एक मन्त्रीले बताए ।
प्रचण्ड-नेपाल निकट मन्त्रीहरुले पार्टीको दुई बहुमत हुँदाहुँदै संसद विघटन गर्नु भनेको आत्मघाती र देश-जनताविरुद्ध भएको भन्दै सडकमा आएर विरोध गर्ने बताएका छन् ।