आज :

राष्ट्रपति पौडेलसमक्ष बिभिन्न ३ मुलुकका राजदूतद्वारा ओहदाको प्रमाण पेश

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि बिभिन्न देशका तर्फबाट नवनियुक्त राजदूतहरुले आ–आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै समारोहमा नवनियुक्त राजदूतहरुले आ–आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका हुन् ।

ओहदाको प्रमाण पेश गर्नेहरुका नेपालका लागि कतारका आवासीय राजदूत मिसाल मोहम्मद अली अलन्सारी, गणतन्त्र पेरुका गैर आवासीय राजदूत जाभियर मान्युएल पौलिनिच भेलार्दे र कम्बोडियाका गैर आवासीय राजदूत क्यो कोन रहेका छन् । सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो । ओहदाको प्रमाणपत्र बुझाउने राजदूतहरुलाई होटल र्याडिसनदेखि शीतल निवाससम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal