
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले अछामको रामारोशन गाउँपालिकामा जनयुद्धको झल्को आउने गरी जनयुद्ध दिवस मनाएको छ । माओवादी केन्द्रका पालिका कमिटीको आयोजनमा फागुन १, २ र ३ गतेसम्म जनयुद्ध दिवस मनाइएको हो ।
माओवादीको आधार क्षेत्रको रुपमा रहेको रामारोशन गाउँपालिकामा जनयुद्धमाजस्तै विविध सांस्कृतिक कार्यक्रमसहित माओवादीले रामारोशन गाउँपालिकाको भटाकाटियाँमा दुई दिनसम्म जनयद्ध दिवस मनाइएको हो । पालिका कमिटी इन्चार्ज पहल साउदका अनुसार पहिलो दिन उद्घाटनसँगै सहिद परिवार, घाइते, राजवन्दी परिवार, पूर्वजनमुक्तिलाई सम्मान गरिएको थियो ।
त्यसैगरी दोस्रो र तेस्रो दिनमा स्थानीय कला संस्कृति, लोक देउडा, शैक्षिक चेतना, सामाजिक सचेतना, महिला हिंसा न्यूनिकरण विषयमा देउवा प्रतिस्पर्धा, स्थानीय कलाकारहरु झाँकी, हुड्केउलागलायत प्रस्तुती गरिएको थियो ।
गतवर्ष रामारोशन, यो बर्ष भाटाकाटियाँमा अर्को बर्ष अर्को वडामा जनयुद्ध दिवस मनाउने साउदले बताए ।
फोटोहरुः