आज :

नागरिकको घरआगनमा रामप्रसादराई गाउँपालिका, शिबिर संचालन गरेर सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य सेवा

  • अनलाइन डबली

भोजपुर । रामप्रसादराई गाउँपालिकालेनागरिकको घर आगनमा पुगेर सेवा दिइरहेको छ । चालु आर्थिक बर्षको दोस्रो त्रैमासिकको सुरक्षा भत्ता शिविर संचालन गरेर ९३९ सेवाग्राहीलाई बितर गरेको छ ।

त्यसैगरी कार्यक्रममा जेष्ठ नागरिक, आपांग भएका व्यक्ति, एकल महिलाहरुको स्वास्थ्य परीक्षण समेत गरिएको गाउँपालिकाले जनाएको छ ।

सामाजिक सुरक्षा भत्ता वितरणको लागि माघ १४ गते वडा नं. ८ मा संचालन गरिएको शिविरमा ११७ जना, माघ १५ गते वडा नं. ७ वासिखोरा १६० जना, माघ १६ वडा नं. ५ मानेभन्ज्याङमा १०० जना, माघ १७ गते वडा नंं ४ दलगाउँमा १२९ जना, माघ १८ गते वडा नं. ३ भुल्केमा १६६ जना, माघ १९ गते वडा नं. १ आख्रेमा १५८ र माघ २१ गते वडा नं. २ को घोदूलेखानीमा संचालन गरिएको शिविरमा १०९ जनाले सेवा लिएका थिए ।

सामाजिक सुरक्षा वितरणलाई प्रभावकारी बनाउन गाउँपालिका अध्यक्ष थामबहादुर राई सबै कार्यक्रममा पुगेका थिए । एनआईसी एसिया बैंकले सामाजिक सुरक्षा भत्ता वितरणमा सहजीकरण गरेको गाउँपालिकाले जनाएको छ ।

सेवाग्राहीलाई सहजिलोको लागि शिविर संचालन गरिएको गाउँपालिका अध्यक्ष राईले जनाएका छन् । उनले जनतालाई सरकार घर आगनमा पुगेको अनुभूती दिलाउन आफूहरु लागिपरेको बताए ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal