
काठमाडौं । दशैँ मान्न जन्मथलो र घुमघाममा निस्किएकाहरु कर्मथलो फर्किन थालेका छन् । जानेबेला जस्तै शुक्रबार फर्किनेहरुलाई लाइन देखिन थालेको छ ।
नागढुङ्गा–नौबिसे सडक खण्ड र भक्तपुर बनेपा सडक खण्डबाट काठमाडौँ फर्किनेको भिड बढ्न थालेको छ । शुक्रबारबाटै सरकारी कार्यालय खुलेपनि अधिकांश कार्यालयहरु सुनसान रहे ।
अब आइतबारबाट नियमित काम सुरु हुने भएकोले दशैं मान्न गएकाहरु आआफ्नो काममा फर्किन थालेका हुन् ।
विहीबार साँझबाटै फटफुट्ट काठमाडौँमा चहलपहल सुरु भएको थियो भने शुक्रबार फर्किनेको मुख्य नाकामा चाप बढेको थियो ।
आज शनिबार परेकाले भोलिबाट काठमाडौंमा ट्राफिक चाँप बढ्ने ट्राफिक प्रहरीको अुनमान छ ।