आज :

काठमाडौंको तापक्रम १ डिग्रि सेल्सियस, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं । मध्य पुसमा लाग्दा काठमाडौंसहित देशभर चिसो बढेको छ । मंगलबार विहान काठमाडौंको अधिकतम तापक्रम १ दशमलव १ डिग्री रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो काठमाडौंको अधिकतम तापक्रम १७ देखि १९ डिग्री पुग्नेछ ।

महाशाखाका अनुसार तपाईका केही ठाउँमा बाक्लो हुस्सु र कहिलो लागेको छ । त्यस्तै प्रदेश १ का केही स्थानमा आंशिक बदली भएपनि बाँकी भागको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तो रहने छ आगामी तीनको मौसम

पौष १४ गते (मंगलबार)

दिउँसोः प्रदेश नं १ को पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

रातिः सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष १५ गते (बुधबार)

दिउँसोः सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

रातिः गण्डकी प्रदेश र प्रदेश नं १ को पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष १६ गते (बिहीबार)

दिउँसोः सुदूरपश्चिम, कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

रातिः सुदुरपश्चिम, कर्णाली , लुम्बिनी र गण्डकी प्रदेश भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal