आज :

भ्रष्टाचारीलाई बचाउन संख्याको बलमा म लाई प्रधानमन्त्रीबाट हटाए : प्रचण्ड

  • अनलाइन डबली

काठमाडौँ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचारीलाई बचाउन संख्याको बलमा बर्तमान सत्ता धारी दलले आफूलाई प्रधानमन्त्रीबाट हटाएको आरोप लगाएका छन् ।

आज  बिहीबार काठमाडौंको कीर्तिपुरमा पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलन उद्‍घाटन गर्दै कांग्रेस-एमालेबीच आन्तरिक विवाद सुरु भइसकेको भन्दै वर्तमान सरकार लामो समय नटिक्ने दाबी गरे।

उनले समाजवादी मोर्चा र कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउने र प्रतिक्रियावादी शक्तिहरूलाई परास्त गर्ने अभियानमा आफु  रहेको बताए।उनले माओवादीले सरकारको नेतृत्व गरेको बेलामा गरेका महत्त्वपूर्ण कामको चर्चा गर्दै यसलाई आम जनतामा स्थापित गर्नुपर्ने बताए। केही समयभित्रै एकता र मोर्चाको नयाँ समाचार सुन्न पाउने उनले बताए।

जनयुद्धदेखि शान्ति प्रक्रियामा आएपछि पनि कहीँ न कहीँ घेरा हाल्ने र माओवादी आन्दोलनलाई सिध्याउने षड्यन्त्र हुँदै आएको भन्दै षड्यन्त्रको घेरा तोड्दै अघि बढ्ने बताउदै ठूला दलहरू मिलेर अहिलेसम्मको उपलब्धिलाई नै उल्टाउने प्रयास भइरहेकाले सडकबाट प्रतिक्रियावादीलाई झकाउने उनले बताए ।

अध्यक्ष दाहालले नेतृत्व निर्माणका क्रममा कुनै गुटबन्दी नगर्न उनले निर्देशनसमेत दिए। लोकतान्त्रिक पद्धतिअनुसार संगठनका नेतृत्व चयन गर्न सुझाव दिँदै संगठनको नेतृत्व चयनमा पार्टीले कुनै हस्तक्षेप नगर्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal