आज :

गंगालाल अस्पतालको फोहोर संकलनमा रोक: हानिकारक र सामान्य फोहोर एकै ठाउँमा भेटियो

  • अनलाइन डबली

काठमाडौं ।  महानगरपालिकाले बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको फोहर संकलनमा रोक लगाएको छ ।

वातावरण व्यवस्थापन विभागको नेतृत्वमा स्वास्थ्य विभाग, महानगर प्रहरी बलसहितको टोली, अस्पतालको फोहर संकलन केन्द्रमा पुग्दा हानीकारक फोहर र सामान्य फोहर एकै ठाउँमा राखिएको भेटिएपछि हानीकारक फोहर निर्मलीकरण नहुञ्जेलसम्मका लागि फोहर संकलनमा रोक लगाइएको बताइएको छ ।

अस्पतालले फोहर व्यवस्थापनका लागि छुट्टै टहरा बनाएको छ । टहराभित्र फरक प्रकृतिका फोहर राख्न छुट्टै कोठा बनाइएको छ ।

फोहर वर्गीकरणमा काम गर्ने व्यक्तिको हातमा पञ्जा नभएको र  चप्पल लगाएर ओहोरदोहोर गरिरहेको समेत भेटिएको महानगरले जनाएको छ । अस्पताल पक्षले भने स्रोतमा वर्गीकरण राम्रो भएको दाबी गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal