आज :

ललितपुर उद्योग बाणिज्य बाणिज्य महासंघको  ४५ औं बार्षिक साधारणसभा सम्पन्न

  • अनलाइन डबली

ललितपुर उद्योग बाणिज्य बाणिज्य महासंघको  ४५ औं बार्षिक साधारणसभा सम्पन्न भएको  छ । यस बर्षका उत्कृष्ट उधौगीहरुलाइ पुरष्कृत गर्दै शुक्रबार बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

संघका अध्यक्ष विश्व बज्राचार्यको सभापतित्वमा भएको कार्येक्रममा  उद्योग उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदार भण्डारीले उत्पादन र रोजगारी क्षेत्रमा निजि क्षेत्रले लागानी गर्नु पर्ने बताउनु भयो ।  नीजिक्षेत्र उत्साहित बनेको अवस्थामा मात्र राज्यको कार्यक्रमहरु प्रभावकारी हुनेमा जोड दिंदै मन्त्रालयले अर्थ, नेपाल राष्ट्र बैंक लगायतका सरोकारवालाहरुसँग समन्वय गर्दै नीजिक्षेत्रमैत्री नीतिगत सुधारतर्फ अग्रसर रहने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिनिधी सभा सदस्य  प्रेम महर्जनज्यूले नीतिगत विकाससँगै युवाहरुको नवप्रवर्तन सोच तथा उद्यमशीलतालाई लक्ष्योन्मुख कार्यान्वयनतर्फ सहकार्यमा नीजि क्षेत्रको सक्रिय भूमिका रहनेमा जोड दिनुभयो । लउवा संघको संयोजकत्वमा जिल्लाको युवा उद्यमशीलता तथा उद्योग व्यवसायको तात्कालिक आवश्यकतालाई प्राथमिकता दिने कार्यक्रमको अनुरोध गर्दै वहाँले राज्यका सबै निकायसम्म आवश्यक ध्यानाकर्षणकालागि आफू जनप्रतिनिधीका हैसियतले माध्यम बन्न तैयार रहेको बताउनुभयो ।

 

ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य (आस्था)ज्यूले लउवा संघले तय गरेको  स्थानिय बिकासकोलागि जिल्ला र महानगरको औद्योगिक सम्भावना, वास्तविक वस्तुस्थितिको दर्पण दिने अनुसन्धनात्मक पुस्तक प्रकाशनको लक्ष्य प्राप्तिको शुभकामना व्यक्त गर्नुभयो । महानगरले अद्यावधिक गर्दै आएका तथ्यांक लगायत आवश्यक सहयोग रहने बताउँदै यहाँका सम्भावित लगानीका क्षेत्र पहिचान गर्न सकेमा हस्ताकला नगरीका सीप तथा श्रोतहरुको प्रभावकारी परिचालन हुने बताउनु भयो ।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालज्यूले कोभिड पछि युक्रेन रसियाको युद्ध र राज्यको नीतिगत व्यवस्थाको ग्यापले छाएको निराशालाई चिर्न महासंघले बिगत डेढ वर्षमा धेरै सकारात्मकतातर्फ कार्य गरेकोमा जोड दिनुभयो । विगतमा सम्पन्न लगानी सम्मेलनले ल्याएका करीब ८ वटा नीतिगत परिवर्तनलाई नीजिक्षेत्रकै पहलमा नेपालका सबै राजनैतिक दलको समर्थन जुटाउन सफल भएका कारण नेपालमा नीजिक्षेत्रमैत्री वैदेशिक लगानीको सम्भावना बढेको बताउनु भयो ।

कार्यक्रममा  बागमति प्रदेशका पूर्व मन्त्री, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, व्यवासायी लगायतको उपस्थिीत रहेको थियो ।

फोटोहरु-

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal