आज :

अखिल क्रान्तिकारी गण्डकी प्रदेशको सम्मेलन सम्पन्न, गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित

  • अनलाइन डबली

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी) गण्डकी प्रदेश समितिको दोस्रो सम्मेलनले नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सम्मेलनले त्रिदिप गुरूङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा गुरुङलृ १३७ मत ल्याएर विजयी भएका छन् । उनको प्रतिस्पर्धी आरके भट्टले ७१ मत पाएका छन् ।

त्यसैगरी उपाध्यक्षमा बसन्त भट्टचनले १५७, सरोज वल्लभ भट्टराई १६४, अशोक मरहट्टा १४० मतसहित विजयी भएका छन् । समावेशी उपाध्यक्षमा कुल बहादुर बुढा र महिला उपाध्यक्षमा सिता बराल विजयी भएका छन् ।

संगठनको प्रमुख सचिवमा सुजन बास्तोलाले १३२ मत पाएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी सन्जय जैसीले ७२ मत पाएका थिए ।

त्यस्तै, सचिवमा प्रदिप ढकालले १८३ मत, विसद उपाध्यायले १४० मत र सन्दिप महतोले १४० मतसहित विजयी भएका छन् । महिला सचिवमा जुना तामाङ निर्विरोध निर्वाचित भएकी छन् । त्यस्तै, समावेशी तर्फ दुर्गा बि.क. पनि निर्विरोध निर्वाचित भएकी छन् ।

संगठनको केन्द्रीय उपाध्यक्ष तथा केन्द्रीय कार्यालय प्रमुख केशव रावलका अनुसार कोषाध्यक्षमा अनिल सुनार निर्विरोध निर्वाचित भएका छन् । १३ पदाधिकारीबाहेक कार्यसमिति सदस्यहरु सबै निर्विरोध निर्वाचित भएको रावलले जानकारी दिए । पदाधिकारीसहित ७५ सदस्यीय प्रदेश समिति निर्वाचित भएको छ ।

सम्मेलनको लागि २६९ प्रतिनिधि चयन भएका थिए । जसमध्ये २०७ जना मतदानमा सहभागी भएका थिए ।

अखिल क्रान्तिकारीको गण्डकी प्रदेशका मनाङवाहेक सबै जिल्लाको सम्मेलन सम्पन्न भइसकेको अखिल क्रान्तिकारीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal