आज :

कुर्स्कमा ११ हजार युक्रेनी सेनाको मृत्यु, जेलेन्स्कीको आदेश नमान्ने

  • अनलाइन डबली

काठमार्डौँ । कुर्स्कमा प्रवेश गरेको युक्रेनी फौज रुसी सेनाको घेराबन्दीमा परेको छ । कुस्र्कमा प्रवेश गरेको एक महिना बित्दा समेत सुरुमा कब्जा गरेको भूभाग पनि एकपछि अर्को युक्रेनी फौजले गुमाउँदै आएको छ ।

रुसी सेनाले युक्रेनी फौजलाई अगाडि बढ्न रोक्नुको साथै घेराबन्दीमा गरेर हमला गरिरहेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार अहिलेसम्म कुस्र्कमा युक्रेनी फौजका कमाण्डरसहित ११ हजारले ज्यान गुमाइसकेका छन् भने हजारौंको संख्यामा घाइते भएका छन् ।
रुसी सेनाले गरेको भिषण हमलापछि युक्रेनी फौजका सदस्यहरुले आत्मसमर्पण गरिरहेका छन् । युद्ध क्षेत्रबाट युक्रेनी फौजका एक जवानले दिएको अन्तरवार्तामा आफ्नो तर्फ ठूलो क्षति भएको बताएका छन् । उनले युक्रेनले थप हतियार नपठाएको र भएका पनि सकिँदै गएको बताएका छन् ।

कुर्स्कमा प्रवेश गर्ने र हतियार गोदाम गरिएको युक्रेनको सुमीमा रुसी सेनाले भिषण हमला गरेको छ । सुमीमा कुस्र्कमा प्रवेश गर्ने तयारीमा रहेका अमेरिकासहितका देशबाट आएका लडाकुको ज्यान गएको छ । सुमीमा रुसले अहिलेसम्मकै ठूलो हमला गरेको छ ।
कुस्र्कमा एकपछि अर्को हार ब्यहोर्दासमेत राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी फौजलाई पछि हट्न आदेश दिएका छैनन् । बरु, अगाडि बढ्न आदेश दिइरहेका छन् ।

तर, युक्रेनी फौजले जेलेन्स्कीको आदेशअनुसार अगाडि बढ्न अस्वीकार गरिदिएको छ । नियन्त्रणमा लिएका स्थानका सुरक्षा युक्रेनी फौजले पहिलो प्राथमिकतामा राखेको छ । अगाडि होइन एकपछि अर्को पछि हटिरहेको युद्धमा रिपोर्टिङ गरिरहेका भारतीय संचारमा राजेश मिश्रले बताएका छन् ।

भारतीय संचारमाध्यमका अनुसार जेलेन्स्कीले कुस्र्कमा भएको क्षतिलाई देखाएर अमेरिकाबाट लामो दूरीका हतियार माग्ने दाउ बनाएका छन् । जेलेन्स्कीले एजिएम–१५८ लङ रेञ्ज मिसाइल मागिरहेका छन् । यसको मार क्षमता ५०० देखि १ हजार किलोमिटरसम्म हुन्छ ।

त्यस्तै, १५०० देखि २५०० किलोमिटर मार हान्न सक्ने टामहाक सबसोनिक क्रुज मिसाइल, ४६० किलोमिटरसम्म मार हान्न सक्ने एसएम–६ मिसाइल मागिरहेका छन् । यी हतियार हावाबाट जमिन, जमिनबाट हावा, समुन्द्री युद्धको लागि प्रयोग हुँदै आएका छन् ।

लामो दूरीका हतियार पाउन लोभमा कुर्स्कमा जेलेन्स्कीले ठूलो सैन्य शक्तिको माया मारेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal