आज :

अखिल क्रान्तिकारी अछामको सम्मेलन सम्पन्न, पंकज साउदको अध्यक्षतामा ३५ सदस्यीय समिति निर्वाचित

  • अनलाइन डबली

धनगढी । अनेरास्ववियु (क्रान्तिकारी) अछाम जिल्लाको १५ औं जिल्ला सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको सम्मेलनले पंकज साउदको नेतृत्वमा ३५ सदस्यीय जिल्ला समिति निर्विरोध निर्वाचित गरेको छ ।

नवनिर्वाचित उपाध्यक्षहरु रबिन्द्र साउद, टंक नेपाली, गिता बि.क. रहेका छन् । त्यस्तै, सचिवमा बम रावल निर्वाचित भएका छन् ।

त्यसैगरी सहसचिवमा मनोज भुल, सुरेश देबकोटा, कर्ण नेपाली, सरिता बुढा र कोषाध्यक्षमा लक्ष्मी उपाध्याय निर्वाचित भएका छन् ।

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष अक्कल रावलले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै दलालीकरण, माफियाकरण र व्यपारीकरणका विद्यार्थी आन्दोलन कमजोर बन्दै गइरहेको बताए । रावलले कमजोर बन्दै गइरहेको विद्यार्थी आन्दोलनलाई शसक्त बनाउने जिम्मा अखिल क्रान्तिकारीको काँधमा आएको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal