आज :

रुसले युक्रेनमाथि गर्याे अहिलेसम्मकै ठूलो हमला, राजधानी किभ अन्धकार

  • अनलाइन डबली

काठमाडौँ । रुसी फेडेरेसनले युक्रेनमाथि अहिलेसम्मकै ठूलो हमला गरेको छ । आइतबार रातिबाट सुरु गरिएको हमलाले युक्रेनमा अलगथलग भएको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार रुसी फेडेरेसन सेनाले राजधानी किभलगायत युक्रेनका विभिन्न स्थानमा १२७ वटा क्षेप्यास्त्र र १०९ वटा ड्रोन हलमा गरेको थियो ।

युक्रेनी वायुसेनाका प्रमुख मिकोला ओलेश्चुकले मस्कोले पनि रुसले अहिलेसम्मकै ठूलो हमला भएको बताएका छन् । क्षेप्यास्त्र र ड्रोन ऊर्जा उत्पादन गर्ने पूर्वाधार, पश्चिमा देशहरुले दिएका हतियार भण्डार केन्द्रमा प्रहार भएका थिए ।

युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले अहिलेसम्मकै ठूलो हमला भएको स्वीकार गर्दै रुसले प्रहार गरेको ड्रोन र क्षेप्यास्त्र झार्नका लागि पश्चिमा देशहरुलाई अनुरोध गरेका छन् । युक्रेन पूरै देशमा हवाई आक्रमणको जोखिम रहेको भन्दै मानिसहरूलाई सुरक्षित ठाउँमा आश्रय लिन भनेको छ ।

रुसले आफूले युक्रेनको ऊर्जा पूर्वाधारहरूमा आक्रमण गरेको भन्दै तोकिएका सबै निसानामा हमला गरेको उल्लेख गरेको छ ।

यसअघि गत डिसेम्बरमा युक्रेनमाथि गरेको हमला सबैभन्दा ठूलो हवाई हमला मान्ने गरिएको थियो ।

रुसी सेनाले ड्रोन, क्रूज क्षेप्यास्त्र तथा सुपरसोनिक क्षेप्यास्त्रहरू प्रयोग गरेको युक्रेनका प्रधानमन्त्री डेनिस श्मिहलले यसअघि बताएका छन् ।
युक्रेनी सेना कुस्र्क क्षेत्रमा प्रवेश गरेपछि रुस आक्रोसित भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal