काठमाडौँ । सुनको मूल्यमा आज पुनः नयाँ ‘रेकर्ड’ कायम भएको छ। नेपाल सुन चांदी ब्यबसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला तीन हजारले वृद्धि भएर एक लाख ५२ हजार छ सय पुगेर हालसम्मको उच्च बिन्दुमा पुगेको हो ।
यस अघि गत शुक्रबार प्रतितोला एक लाख ४९ हजार छ सयमा कारोबार भएको थियो ।
शुक्रबार चाँदी प्रतितोला रु एक हजार सात सय ६० मा कारोबार भएकामा आजका लागि भने एक हजार आठ सय १० निर्धारण भएको छ। यसै गरि चाँदीको मूल्य पनि तोलामा ५० ले वृद्धि भएको छ ।