आज :

बंगलादेशको गृहमन्त्रालयले भन्यो– अवामी लिगले पार्टी गतिबिधि गर्न सक्छ तर प्रतिक्रान्ति गर्न खोजे रक्तपात

  • अनलाइन डबली

काठमाडाैँ । अन्तरिम सरकारका गृह मामिला सल्लाहकार ब्रिगेडियर जनरल (अवकाश) एम सखावत हुसेनले हालै सत्ताच्युत अवामी लिगलाई प्रतिक्रान्तिको प्रयास र अराजकता सिर्जना गर्ने प्रयास नगर्न कडा चेतावनी दिएका छन्।

भर्खरै विद्यार्थी आन्दोलनका क्रममा घाइते भएका अन्सारका सदस्यहरुको ढाकास्थित संयुक्त सैनिक अस्पतालमा उपचार भैरहेको अवस्थामा सोमबार पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

‘अव्यवस्था सिर्जना गर्ने प्रयास नगर्नुहोस्, परिणाम अनुकूल हुनेछैन,’ उनले भने । अवामी लिगलाई पार्टीको रूपमा पुनर्गठन गर्न चाहेमा कुनै समस्या नभएको उल्लेख गर्दै चेतावनी दिए।

सल्लाहकारले देशमा अवामी लिगको महत्त्वपूर्ण योगदानलाई स्वीकार गरे र यसलाई पुनर्गठन गर्न स्वतन्त्र रहेको बताए तर यदि यसले प्रतिक्रान्तिको सपना देख्यो भने यसले ठूलो मात्रामा रक्तपात निम्त्याउने उनको चेतावनी थियो ।

‘हामी भाग्न सक्छौं, तर यो पुस्ता वा विद्यार्थी जनसंख्या भाग्नेछैन,’ उनले भने ।   सखावतले आन्दोलनका क्रममा भएका मानवीय क्षति र घाइतेको भत्र्सना गर्दै घटनाको छानबिन गर्न अन्तर्राष्ट्रिय सहयोग लिइने उल्लेख गरे ।

साथै उनले लुटेका हतियार सोमबारसम्म प्रहरीलाई फिर्ता गरिसक्ने बताए । उनले अगस्त १९ पछि यस्ता हतियार फेला परेमा कडा कारबाही गरिने चेतावनी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal