आज :

लघुवित्त पीडितले भने- ओली सरकार गरिवप्रति अनुदार भयो, जनआन्दोलनमा जुटौं

  • अनलाइन डबली

काठमाडौं । साढे २ वर्षदेखि आन्दोलन रत लघुवित्त तथा वित्तिय शोषणविरुद्धको संघर्ष समिति नेपालले आर्थिक क्रान्तिका लागि जनआन्दोलनमा जुट्न आह्वान गरेको छ ।

आइतबार राजधानीको संवाद डबलीमा संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरी केपी ओली नेतृत्वकाे सरकार दलाल पुँजीपतिहरुको संरक्षक र जनताको विरोधी भएकोले त्यसको वहिर्गमनका लागि आन्दोलन गर्ने घोषणा गरेको छ ।

संघर्ष समितिका संरक्षक अगस्त अधिकारीले वर्तमान सरकारको विकल्पका लागि ‘ऋण मुक्त जनता, ऋण मुक्त देश, त्यसपछि आउँछ विकासको भेल’ भन्ने नारासहित आफूहरु अघि बढेको बताए ।

अधिकारीले देशमा २७ लाख लघुवित्त पीडित, २ लाख कालो सूचि, ५ लाख सहकारी पीडित त्यति नै मिटरब्याज पीडित रहँदा ओली सरकार व्यापारीको पक्षमा लाग्दै गरिबको जीवन बरबाद गर्न लागेको आरोप लगाए । ५० लाख युवाहरु पासर्पोट मार्फत र ६० लाख विन पासपोर्ट विदेश पलायन भइरहँदा सरकार युवा खालि गर्ने योजनामा रहेको आरोप लगाउँदे भने,“सन १८१६ बाट युव बिक्रीमार्फत देश चलाउने प्रक्रिया आजको ओली सरकारसम्मले त्यसलाई झन बढावा दिएको छ ।”

समितिका अध्यक्ष मनिराम ज्ञावालीले लघुवित्तको ज्यादतिको कारण १५ सय भन्दा बढीको साहदत भएकोब बताउँदै, साढे २ वर्षदेखि आन्दोलन गरिए पनि सरकारले आफ्ना मागहरुको सम्बोधन नगरेकोले अब जनआन्दोलन मार्फत माग पुरा गर्ने चेतावनी दिए ।

त्यसैगरी लेखा विभाग संयोजक रमेश सेन्चुरीले आर्थिक वर्ष २०८०/८१को आय–ब्ययको विवरण प्रश्तुत गर्दै आम्दानी १२ लाख १३ हजार ६ सय रहेको र खर्च रकम १६ लाख ४३ हजार ६ सय रहेकोमा ऋण ४ लाख ३० हजार रहेको जानकारी दिए ।

पुनस्र्थपना विभाग प्रमुख फत्तेबहादुर पुनले गरिब तथा सर्वहारा जनताहरु लघुवित्त तथा वित्तिय ज्यादतिबाट मुक्त नभए वर्तमान सरकारलाई जनआन्दोलनबाट हटाउने चेतावनी दिए ।

बागमती प्रदेश इन्चार्ज धनकुमारी विकले सरकारले लाखौं दिदीबहीनीको माग पूरा नगरे काली,चण्डी, रणचण्डीको रुप धारण गरी ओली सरकार विरुद्ध सडक तताउने चेतावनी दिइन् ।

अर्थ विभाग प्रमुख तथा प्रथम बिद्रोही शिखा रेश्मिले दलाल र माफियालाई सम्रक्षण र गरिबलाई पीडा दिने सरकार विरुद्ध अन्तिमसम्म लड्ने चेतावनी दिइन् ।

लुम्बिनी प्रदेश अध्यक्ष बर्दि देवानले साढे दुई वर्षदेखि निरन्तर आन्दोलन गर्दा पनि सरकारले नसुनेको आरोप लगाउँदै भने,“सरकार तयार हुँदा पनि एमाले कार्यकर्ता राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीले मानेन्, अब त एमालेकै प्रधानमन्त्री छन् ।”

कार्यक्रमको सञ्चालन राष्ट्रिय स्वयमसेवक नेपालका अध्यक्ष मनोज पौडेलले गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal