आज :

प्रेस सेन्टर नेपालले गरायो प्रेस काउन्सिलको ध्यानाकर्षण

  • अनलाइन डबली

काठमाडाैँ । प्रेस सेन्टर नेपालले पत्रपत्रिकाको वर्गीकरणको नतिजालगायतका विषयमा प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण गराएको छ ।

प्रेस सेन्टर नेपालका वरिष्ठ उपाध्यक्ष कमल गिरीको नेतृत्वमा उपाध्यक्ष हरु लक्ष्मण खडका, ओपेन्द्र शर्मा , दिपेन्द्र रावल र महासचिव सन्तोष पौडेल लगाएत करिब २० जनाको प्रेस सेन्टरको टोलीले काउन्सिल पुगेर अध्यक्ष बालकृष्ण बस्नेतको ध्यानाकर्षण गराएको हो ।

वरिस्ट उपाध्यक्ष गिरीले प्रेस काउन्सिल नेपाल नेपाली पत्रकारहरूको आशा र भरोसाको केन्द्र भएको बताउनुभयो । अन्तर्राष्ट्रिय र नेपाली मान्यताअनुसार पनि काउन्सिल अर्धन्यायिक निकाय भएकाले यसले सम्पादन गर्ने कार्यहरू न्यायोचित हुनुपर्ने आफूहरूको मान्यता रहेको बताउनुभयो ।

गिरीले पछिल्लो समय प्रेस काउन्सिल नेपालले गरेको पत्रपत्रिका वर्गीकरण, पुरस्कार वितरणलगायतमा पक्षधरता देखिएको गुनासो आएको बताउनुभयो । काउन्सिलको विषयमा यस्तो टिप्पणी आउनु समग्र पत्रकारिताकै लागि नराम्रो हुने भन्दै उहाँले यसबारेमा काउन्सिल नेतृत्वले गम्भीर भएर सोच्नुपर्ने बताउनुभयो ।

पछिल्लो पटक पत्रपत्रिकाको वर्गीकरणको विषयमा आफूहरूको असहमति रहेको र त्यसलाई सच्याएर काउन्सिल अघि बढ्नुपर्ने गिरीको भनाइ थियो । कार्यक्रममा उपाध्यक्ष लक्ष्मण खडका, ओपेन्द्र शर्मा लगाएतले पत्रपत्रीका बर्गिकरण न्यायोचित नभएको सच्चाउनु पर्नेमा जोडदिनु भएको थियो कार्यक्रममा महासचिव पौडेलले प्रेस सेन्टरको वक्तव्य पढेर सुनाउनुभएको थियो ।

काउन्सिल अध्यक्ष बस्नेतले काउन्सिलको सफलतामा प्रेस सेन्टर जस्ता पत्रकारहरूका संगठनको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । यसपटकको पत्रपत्रिकाको वर्गीकरणका विषयमा बढी गुनासो आएको उल्लेख गर्नुहुँदै अध्यक्ष बस्नेतले त्यसमा पुनर्विचार गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal