आज :

सरकारले बहुमतको घमण्ड नदेखाओस्-प्रचण्ड

  • अनलाइन डबली

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले सरकारलाई जबरजस्ती बहुमतको घमण्ड नदेखाउन चेतावनी दिएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले सरकारले गम्भीरताका साथ नलिई जबरजस्ती बहुमतको घमण्ड देखाए दुर्भाग्य हुने चेतावनी दिएका हुन् ।

उनले आफूहरू संविधान संशोधनको विरोधमा नरहेपनि अहिलेसम्म प्राप्त उपलब्धिहरू कटौती गरिए राम्रो नहुने बताएका हुन् ।

सरकारको प्रकृति, विगतको पृष्ठभूमि हेर्दा संबिधान परिमार्जन नभई जनताको अधिकार कटौती गर्ने उद्देश्य रहेको जिकिर गर्दिया उनले दुई राजनीतिक दलहरू मिलेर मात्रै संविधान संशोधन हुन नसक्ने बताए ।

प्रचण्डले सरकार बिचौलियाले नै बनाएको भन्दै आफुलाई सबै थाहा भएको र एक दिन आफुले सबै बोल्ने बताए । उनले संसदको लेखा समितिको सभापति प्रतिपक्षीलाई दिनु पर्ने बनाउदै यसलाई सरकारले गम्भीरतापूर्वक लिन आग्रह गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal