आज :

चलचित्र काँडेतार राष्ट्रवादी धारमा बनेको छः  नेता रावल

  • अनलाइन डबली

काठमाडौं ।  चलचित्र काँडेतार पुनः प्रदर्शनमा आउने भएको छ । शनिबार  काठमाडौंमा एक समारोहबीच निर्माण पक्षले चलचित्र पुनः हलमा ल्याउन लागेको जनाएको हो ।

अभिनेता नवल खड्काकै निर्देशन एवं शिवम अधिकारी र खड्काको लेखन रहेको काँडेतार सामना फिल्म्स् प्रालिको ब्यानरमा निर्माण गरिएको हो ।

काँडेतारमा खड्का, गौरव पहारी, रेविका गुरूङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, संजय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी र बाल कलाकारमा नादिया र सनया खड्कालगायतको अभिनय छ ।

यसैबिच नेकपा एमालेका नेता भीम रावलले फिल्म राष्ट्रवादी धारमा निर्माण भएको बताएका छन् । उनले चलचित्रले कतिपय कुराहरुलाई साङ्केतिक रुपमा सफलता पूर्वक प्रस्तुत गरेको बताएका हुन् ।

उनले  भने, यो  देशभक्तीपूर्ण चलचित्र निमार्णको लागी नवल खड्का र सम्पूर्ण  टिमलाई  बधाई दिन्छु । नेपाल कहिले कसैको  अधिनमा रहेन् । स्वतन्त्र नेपाल अन्तर्राष्ट्रिय कानून बमोजिम सिमानालाई नियमन गर्नुपर्ने हो त्यो  गर्न सकिएको  छैन । चलचित्रले कतिपय कुराहरुलाई साङ्केतिक, प्रतिकारका रुपमा सफलतापूर्वक प्रस्तुत गरेको छ । सिमानामा काँडेतारको  अर्थ देशको सार्वभौमसत्ता र क्षेत्रिय अखण्डता नमिचियोस् भन्ने हो ।’

उनले  देशभक्ती नेपालीहरुले आफ्नो सार्वभौमसत्ताको लागि आवाज उठाउन तत्पर हुनुपर्ने छ भन्ने सन्देश चलचित्रले दिएको उनले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal