आज :

विद्युतको बिल नतिर्ने व्यापारीसँग लेखा समितिका सभापतिकाे भेटबारे छानबिन गर्नुपर्छः सापकोटा

  • अनलाइन डबली

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का सांसद माधवप्रसा सापकोटाले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले विद्युतको बील नतिर्ने व्यपारीसँग रहस्यमय भेट भएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सापकोटाले डेडिकेटेड र ट्रंकलाइन सुविधा लिएका र बक्यौता नतिरेका व्यापारीसँग पोखरेलले भेटेको दाबी गरे ।

डेडिकेटेड फिडर र ट्रंकलाइनको बिषयमा सार्वजनिक लेखा समितिमा बहस भइरहेको बेला सभापति पोखरेलले पदीय दुरुपयोग गरेर भेट गरेको भन्दै सापकोटाले छानविनको माग समेत गरे ।

सापकोटाले भने, ‘डेडिकेटेड फिडर र ट्रंकलाइनको विषयमा सार्वजनिक लेखा समितिमा बहस कायमै छ । तर, उक्त समितिका सभापति र झगडियाहरुमध्ये बक्यौता समेत कायम रहेका एक जना व्यापारिका बीचमा रहस्यमय भेट भएको सूचना आएको छ । पदीय दुरुपयोगको यस घटनाको गम्भीरतापूर्वक छानबिनका लागि जोडदार माग गर्दछु ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal