आज :

खीर दिवसलाई चाडको रुपमा मनाउने क्रम सुरु भइसक्योः प्रल्हाद दाहाल

  • अनलाइन डबली

साउन १५ मा खीर खाने दिनलाई हाम्रा पुर्खाहरुले सन्तुलित आहारको लागि लिएको मान्न सकिन्छ । खीर दैनिक खान नसकेतापनि साउन १५ मा खाने परम्परा ंसंस्कृतीको रुपमा थियो, पछि यसलाई दिवसमा रुपमा मान्न थालिएको हो । विशेषगरी असार साउनमा खेतबारीमा झरीमा रुझ्दै बलपूर्वक काम गर्नुपर्ने, जसका कारण चिसो लाग्ने र हिलोमा काम गर्ने हुँदा घाउ, खटिरा लाग्ने भएकाले त्यसको न्यूनिकरणका लागि खीर खाने परम्परा बसेको भन्ने बुझ्न सकिन्छ । खीरमा प्रयोग गरिने मरमसलाका कारण चिसो हट्ने, रोगसँग लड्ने शक्ति वा क्षमता वृद्धि हुने मान्यताका कारण परम्पराका रुपमा खीर दिवस मनाउन थालिएको बुझिन्छ ।

खीरमा चामल मिसाइने भनेकाले हामीले यसलाई प्रसादका रुपमा ग्रहण पनि गरिन्छ । पूजाआजामा पनि चामल नचल्ने तर खीर बनाएपछि चल्ने हुन्छ । त्यसैले पनि खीर अत्यन्तै मौलिक आहार अन्तर्गतको खाद्य पदार्थ हो । सँधै सेवन गर्न नसकेता पनि साउन १५ मा चाडको रुपमा सेवन गरेर भएता पनि शरीरलाई आवश्यक पर्ने तत्वहरु पूर्ति होस भनेर दिवसका रुपमा मानिएको अनुमान सहजै लगाउन सकिन्छ । पछिल्लो समय युवा पुस्ताले यसलाई चाडको रुपमा लिने गरेको छन् ।

सामाजिक सञ्जालको प्रयोगले पनि खीर खाने दिनलाई अलि वढवा दिएको पाइन्छ । पहिले पहिले खीर खाने चलन घर घरमा परम्पराको रुपमा स्थापित थियो भने अहिले सामाजिक सञ्जालको माध्यमबाट सबैले खीर खानुपर्ने रहेछ, यो एउटा चलन रहेछ , परम्परा रहेछ स्वीकार्न थालिएको छ । कहिल्यै दुग्ध पदार्थ सेवन नगर्ने अथवा खीर नखानेहरुले पनि साउन १५मा खीर खाएर मनाउने गर्नुहुन्छ ।

खीर खाने दिनले गाईभैंसी पालनप्रति मानिसहरुलाई प्रेरित पक्कै गर्छ । गाईभैसीबाट दुध उत्पादन हुन्छ त्यो उत्पादन विक्री भएपछि सहर बजारबाट प्राप्त रकम गाउँमा नै जाने हो । अहिले पनि दैनिक ३१ लाख लिटर दुधको रकम गाउँ गाउँसम्म पुग्छ । साउन १५ खीर खाने बेला लगभग एक करोड लिटरजति दुध खपत हुन्छ । अन्यबेला पनि ९३ लाख लिटर दुध खपत हुन्छ । त्यो बापतको जम्मा ६५ करोडको आर्थिक कारोबार हुन्छ । त्यो भनेको किसानहरुको लागि पनि राम्रो प्रोत्साहन हो । किनकी जतिपनि दुग्ध पदार्थ उपभोग गछौं त्यो गरिसकेपछि किसानहरुलाई पशुपालन गर्न प्रोत्साहित पक्कै गर्छ । हामीले आँकडा निकाले अनुसार एक करोड लिटरजति दुध खपत हुने अनुमान गरिएको छ । यो बापतको ६५ करोडसम्म कारोबार हुन्छ । विगत १ गतेदेखि दुधको संकलन विस्तारै बढाउँदै लगेका छौं । किनकी एकै दिनमा यो सम्भव हुँदैन् । सबै डेरीहरुले दैनिक विक्री गर्ने दुधभन्दा तीन गुण बढी विक्री गर्नुहुन्छ ।

पछिल्लो समयमा हामी एकदमै अप्ठ्यारो अवस्थामा छौं । हाम्रा गाउँघरहरु रित्तिएका छन् । युवा पुस्ताहरु गाउँमा छैनन् । जेष्ठ नागरिकमात्र हुनुहुन्छ । उहाँहरुले मात्र गाइभैंसी पाल्न सक्नुहुँदैन् । र विस्तारै सहरमा बसाँइसराईको तर्खरमा हुनुहुन्छ । त्यसैले गाउँघरका बस्ती उजाड भएका छन् । गोठहरु खाली भएका छन् । मानिसहरु सहर केन्द्रीत भएका छन् । जुन कुरा पशुपालनको लागि राम्रो होइन । किनकी पशुपालन गर्दाखेरी सहरमा होइन गाउँमा नै गर्नुपर्छ । सहरमा चरणको लागि जग्गा हुँदैन् । घाँसदेखि सबै कुरा सहरमा किनेर नै खुवाउँनुपर्छ । दुधको उत्पादन लागत पनि बढि हुन्छ ।

किसान र उपभोक्ता दुबैलाईं अप्ठ्यारो हुन्छ । त्यसैले पशुपालन विस्तारै गाउँघर तिर नै लैजाने कुरामा जोड दिनुपर्छ ।
खीर खाने दिनमा चाँही अन्य दुग्धजन्य पदार्थको विक्री खासै हुँदैन् । खीरमा प्रोटिन अलि बढि हुने भएकाले एकै दिन बढि खानु हुँदैन् भनेर पनि हो । खीरलाई तरकारी चाहिने भएकाले तरकारी विक्री बढ्न सक्छ ।

खीर दिवसलाई पर्र्यटनसँग पनि जोड्नुपर्छ । पर्यटकहरु आउँदाजाँदा खीर खुवाउने चलनको विकास गर्नुपर्छ । देशभरका होटलहरुमा अनिवार्य खीर बनाउने र सेवन गराउने चलन बसाल्न सक्योभने पर्यटनमार्फत आयआर्जन गर्न सकिन्छ । छोराछोरीहरुलाई पनि परम्पराबारे बताउने गर्नुपर्छ । अनि मात्र भावी पुस्ताले यस दिनलाई निरन्तरता दिन सक्छन् ।

पहिला महिना वा १५ दिनमा एकचोटी घरमा खीर खुवाउने चलन रहेको थियो । पछिल्लो समयमा मिडिया, सामाजिक सञ्जालको प्रभाव र सञ्चारकर्मीहरुले यसलाई एउटा परम्पराको रुपमा स्थापना गराउनको लागि महत्व दिनु भएको कारणले अहिले सबै ठाँउमा, विशेषगरी युवापुस्तामा पनि खीर खाने परम्परा बस्दै गएको छ । यसका साथै कार्यालय, विद्यालय, हस्पिटल सबै ठाँउमा साउन १५ गते खाजाको रुपमा खीर नै खाने चलन विगत धेरै वर्षदेखि चलिआएको छ ।

यसको प्रभाव सामाजिक सञ्जालले गर्दा नै आएको हो । यसकारण किसान र व्यवसायीहरुको तर्फबाट सबै मिडियाकर्मीहरुलाई धन्यवाद भन्न चाहन्छु । खीर खाने परम्पराको इतिहासको कुरा गर्दा ठ्याक्क मिति त भन्न सकिदैन् । तर धेरै पहिलादेखि नै मानव बस्तीको सुरुवात भएर खाद्य पदार्थहरु सेवन गर्नेक्रममा दूधजन्य पदार्थ सेवन गर्ने चलनसँगै खीर खाने गरिएको अनुमान लगाउन सकिन्छ । यसपाली हामीसँग धूलो दूध स्टकमा रहेकाले भारतीय बजारबाट दुध आयात गर्नुपर्ने अवस्था छैन् । धूलो दूध भनेको खान नमिल्ने होइन यो दूधबाट नै बनेको हुनाले यसलाई प्रयोग गर्न सक्छौ ।

(नेपाल डेरी एसोसिएसनका अध्यक्ष दाहालसँग नेपाल न्यूज बैंकले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal