आज :

अर्थमन्त्रीको भने- ढुक्क हुनुस, बजेट अनुसारकै मौद्रिक नीति आउँछ

  • अनलाइन डबली

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नीति तथा कार्यक्रम र बजेट अनुसारकै आगामी आर्थिक–मौद्रिक नीति आउने दाबी गरेका छन् । उनले बजेटको स्वीकार्यता बढेको पनि उल्लेख गरेका छन् ।

आफूले सार्वजनिक प्रतिवद्धता अनुसार नै बजेट ल्याएको बताएका अर्थमन्त्री पुनले बजेटमा सबै नीति तथा कार्यक्रम समेटिएको र अब आउने मौद्रिक नीतिले पनि बजेटलाई रिफ्लेक्ट गर्ने प्रष्ट पारे ।

‘यो बजेटमा नीति तथा कार्यक्रम सबैजसो रिफ्लेक्ट भएको छ । नीति कार्यक्रम र बजेटको रिफ्लेक्सन मौद्रिक नीतिमा आउँछ ।’ मन्त्री पुनले राज्य र राज्यका निकायहरु अलग अलग भएर नचल्ने उल्लेख गर्दै राष्ट्र बैंकले बजेट अनुसारकै मौद्रिक नीति ल्याउनेमा ढुक्क हुन सबैलाई आग्रह गरे ।

‘राज्यका निकायहरु निश्चित सिद्धान्तमा चल्छ । अलग अलग होइन । त्यसैले मौद्रिक नीति यसमा मिल्दोजुल्दो आउँछ, तपाइँहरु कुनै कन्फ्युजनमा रहनु जरुरी छैन,’ अर्थमन्त्री पुनले भने ।

यस्तै उनले यस बीचमा राष्ट्र बैंक, प्राइभेट सेक्टर र सरोकारवाला सबैसँग छलफल गरी बजेटलाई सपोर्ट गर्ने, समग्र अर्थतन्त्रलाई गति दिने र आम नागरिकमा आशा जगाउने गरी काम गर्नेमा जोड दिँदै भने, ‘आगामी वर्ष सकारात्मक मुडमा बजेट कार्यान्वयनको समीक्षा गर्ने ठाउँमा हुन्छौं भन्ने विश्वास छ ।’

विहीबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बजेटमा समावेश भएका विषयहरुमा निजी क्षेत्र र सरोकारवालासँग गरेको अन्तरक्रियामा उनले तथ्यमा आधारित भएर बजेट बनाइएको बताए । उनले बजेटपछि प्रतिपक्षी दललगायत अधिकांश प्रतिक्रिया सकारात्मक आएको पनि सुनाए ।

यसवर्ष बजेट निर्माणपूर्व विभिन्न क्षेत्रका विषयमा विषयविज्ञलगायत सबै मन्त्रालयहरुले पनि धेरै छलफल गरेको उल्लेख गर्दै उनले त्यहाँबाट प्राप्त तथ्यपरक डाटा र सरोकारवालाको सकारात्मक सुझाव तथा खबरदारीका कारण बजेट राम्रो बनेको दाबी पुनको छ ।

पुनले भने, ‘बजेट निर्माण गर्दा सबै मन्त्रालयले राम्रो छलफल गरेका छन् । त्यसपछिका प्रि–बजेट छलफलमा ठूलाठूला अन्तरक्रिया भएका थिए । विभिन्न वस्तुगत क्षेत्र, छाता संगठन, विषय विज्ञहरु ति सबैसँगको छलफलको प्रभाव परेको हो । त्यसले नेपालको अर्थतन्त्रको हालको यथार्थ स्थिति परिवेश बनिराखेको हुन्छ र हामीले सिस्टमबाट त्यसलाई चलाइराखेका हुन्छौ अर्थमन्त्रीको सोचले मात्रै काम गर्दैन । सबैको सकारात्मक, आलोचनात्मक योगदान हुन्छ । म एक्लैले राम्रो गरें भन्ने होइन कि हामी सबैले राम्रो सुझाव दिएर, अन्तरक्रिया र खबरदारी गरेको वस्तुगत रुपमा गरेछौं भन्ने कुराको प्रमाणको रुपमा यो बजेटको समर्थन र स्वीकार्यतालाई मैंले लिएको छु ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal