आज :

दुई दशकदेखि छिन्नमस्तामा अलपत्र खानेपानी आयोजना अध्यक्ष चौधरीको पहलमा छिट्टै संचालनमा आउँदै

  • अनलाइन डबली

राजविराज । २३ बर्षअघि सप्तरीको छिन्नमस्ता गाउँपालिका –३ सखडामा खानेपानी आयोजनाको काम थालिएको थियो । दुई दशक बितिसक्दा समेत उक्त आयोजना संचालनमा आउन नसकेपछि पालिकाले पहल लिएको छ ।

उक्त आयोजनाको उपभोक्ता समिति र खानेपानी कार्यालयले आयोजनालाई संचालनमा ल्याउन गम्भीरता नदेखाएपछि छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले आयोजना संचालनको लागि पहल लिएका हुन् ।

आयोजनालाई सुचारु गर्न वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको डेढ करोड रुपैयाँको लागतमा काम सुरु गरिएको अध्यक्ष चौधरीले जानकारी दिए ।

“उपभोक्ता समिति तथा खानेपानी कार्यालयलाई पटकपटक ताकेता गरेपनि गम्भीरता नदेखाएपछि वैकल्पिक बाटो खोजेँ, वैक्लपिक उर्जा प्रवर्द्धन केन्द्रसँग समन्वय गरि साझेदारीमा काम सुरु गरिसकेका छौँ, अब छिट्टै स्थानीयबासीले शुद्ध पानी पिउन पाउनेछन्” अध्यक्ष चौधरीले भने ।

अध्यक्ष चौधरीले प्रवर्द्धन केन्द्रको प्राविधिकसहितको निर्माण टोलीले फिल्डमा आएर डाटा संकलन, पाइपिङ लाइनिङ सहितको काम सुरु गरिसकेको जानकारी दिँदै अध्यक्ष चौधरीले भने “२३ बर्षदेखि खानेपानी आयोजना अलपत्र रहेकोले स्थानीयवासीहरूले शुद्ध खानेपानीको उपभोग गर्न सक्ने आशा गुमाइसकेका थिए । यो खानेपानी आयोजना सुरु भएपछि यहाँका बासिन्दाहरूले शुद्ध खानेपानी खान सक्नेछन्, जसले उनीहरू स्वस्थ्य रहन्छन्, अशुद्ध पानी खाएर लाग्ने रोगबाट जोगिने विश्वास गरेका छौं ।”

पहिलो चरणमा सखडाका व्यापारी, सरकारी कार्यालय, प्रहरी चौकी र सखडा टोलको स्थानीयवासीहरुको घरमा पानी पुरÞ्याउने योजना रहेको अध्यक्ष चौधरीले जानकारी दिए । उनले गोविन्दपुर र महुआ टोलवासीसम्म समेत सेवा विस्तार गर्दै लगिने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal