आज :

कतारका राजा आज नेपाल आउँदै, विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गर्ने

  • अनलाइन डबली

काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिरले पहिलो पटक नेपालको राजकीय भ्रमण गर्न लागेका हुन् ।

दक्षिण एसियाको भ्रमणमा रहेका कतारी अमिर मंगलबार बंगलादेशबाट सीधै काठमाडौंस्थित त्रिभुवन विमानस्थल ओर्लिनेछन् । अपरान्ह आइपुग्ने कतारी राजाको स्वागतका लागि सरकारले सम्पूर्ण तयारी गरिसकेको छ भने उनको सम्मानमा मंगलबार एक दिन सार्वजनिक विदा दिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार कतारी अमिरलाई राष्ट्रपति रामचन्द्र पौडेल स्वयम्ले विमानस्थलमा पुगेर स्वागत गर्ने कार्यक्रम रहेको छ । कतारी अमिरको राजकीय भ्रमणका क्रममा उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिने बताइएको छ ।

मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण हुन लागेको हो । कतार नेपालीहरूको प्रमुख श्रम गन्तव्यमध्ये एक हो । यसकारण पनि कतारी अमिरको नेपाल भ्रमणका क्रममा महत्वपूर्ण विषयहरूमा द्विपक्षीय वार्ता र सम्झौताहरूमा हस्ताक्षर हुने जनाइएको छ ।

अमिरसँगै कतार सरकारका मन्त्री र उच्च अधिकारीहरू समेत टोलीमा सम्मिलित छन् । दुई देशबीचको बार्तामा नेपालका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल आफैँले वार्ता गर्नेछन् । कतारी अमिरले मंगलबार नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेलले उनको सम्मानमा साँझ राजकीय भोजको आयोजना गरेका छन् ।

त्यस्तै कतारका अमिर शेख थानीले बुधबार प्रधानमन्त्री दाहालसँग द्विपक्षीय वार्ता गर्नेछन् । वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । त्यसपछि अपरान्ह उनी कता फर्किनेछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal