आज :

सार्वजनिक सेवामा विद्युतीय प्रणालीको प्रयोग बढेको छ: मन्त्री शर्मा

  • अनलाइन डबली

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सार्वजनिक सेवामा विद्युतीय प्रणालीको प्रयोगमा बढोत्तरी भएको बताएकी छिन् ।

आइतबार सिहंदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको सूचना प्रविधि क्षेत्रको अन्तराष्ट्रिय प्रतिनिधिहरुसँग भेटघाटमा उनले सरकारले पनि सेवा प्रवाहमा सुचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आइरहेको बताइन । उनले सार्वजनिक सेवामा विद्युतीय प्रणालीको प्रयोग बढिरहेको पनि बताइन ।

मन्त्री शर्माले भनिन्, ‘सूचना प्रविधि क्षेत्रमा पछिल्लो समयमा भएको विकास सँगै सरकारले पनि सेवा प्रवाहमा सुचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आएको छ । फलस्वरुप सार्वजनिक सेवामा विद्युतीय प्रणालीको प्रयोगमा बढोत्तरी भएको छ । हरेकजसो सार्वजनिक निकायले कुनै न कुनै रुपमा विद्युतीय माध्यमबाट सेवा प्रवाह र संगठनको संचालन, व्यवस्थापन गरिरहेका छन ।’

मन्त्री शर्माले मन्त्रालयले डिजिटल नेपाल फ्रेमवर्कलाई थप प्रभावकारी बनाउने उद्देश्यले त्यसको समसामयीक परिमार्जनको कार्य अगाडि बढाएको जानकारी दिइन् ।

डिजिटल फाउन्डेसनका पूर्वाधारहरुलाई सुरिक्षत र अन्तरक्रियात्मक बनाउँदै समग्र प्रणालीप्रतिको विश्वासलाई वृद्धि गरी सुशासन र विकासमा टेवा पु¥याउने सरकारको लक्ष्य सरकारले ८१–८२ को नीति ,कार्यक्रममा तथा बजेटमा सुचना प्रविधि क्षेत्रलाई प्राथिमकता दिने पनि बताइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal