आज :

मार्क्सवादका आधारभूत प्रस्थापना छोडेपछि पथविचलन सुरुः आहुती

  • अनलाइन डबली

काठमाडौँ । वैज्ञानिक समाजवादी पार्टीका संयोजक विश्वभक्त दुलाल ‘आहुती’ ले नेपालका कम्युनिस्ट पार्टीहरुले माक्र्सवादका आधारभूत कुरालाई दह्रो गरी पक्रिने बेलासम्म थप विचलनमा नभएको बताएका छन् । उनले वर्ग संघर्ष, सर्वहारा वर्गका अधिनायकत्व र द्वन्द्वत्मक ऐतिहासिक भौतिकवाद माक्र्सवादका आधारभूत प्रस्थापन भएको बताउँदै यो छोडेपछि थपविचलन भएको बताए ।

“मार्क्सवादका आधारभूत प्रस्थापनाहरुलाई जुनजुन कम्युनिस्ट पार्टीहरुले पक्रिने गरेका छन् त्यो बेलासम्म उपलब्धीहरु कम र बेसी भए होलान् तर पथविचलनमा गएका छैनन् । जबदेखि माक्र्सवादका आधारभूत प्रस्थापना जुनजुन पार्टीले जुनजुन बिन्दुबाट छोडे त्यहीबाट पथविचलनको सुरु भएको छ” आहुतीले भने ।

काठमाडौँमा प्रगतिशील रुपान्तरण आन्दोलनले आयोजना गरेको ‘नेपालका कम्युनिस्ट आन्दोलनमा थपविचलनमा देखिएका कारणहरु’ कार्यक्रममा बोल्दै आहुतीले नेपालका कम्युनिस्ट पार्टीले माक्र्सवादका आधारभूत सिद्धान्तलाई छोडेर विचारलाई परिमार्जन गर्न थालेपछि पथविचलनको सुरु भएको बताए ।

नेपाली कम्युनिस्ट आन्दोलनले अहिलेसम्म व्ययापक स्तरमा नेपाली समाजको विश्लेषण गर्न नसकेको बताउँदै आहुतीले भने, “नेपाली समाजको आधारभूतरुपमा विस्तृत विश्लेषणसहित वर्ग र सामाजिक अन्तरविरोधको विश्लेषण कम्युनिस्ट पार्टीहरुले गर्न सकेका छैनन् । पथविलनको एउटा कारण यो पनि हो ।”

नेपाली जात व्यवस्थाबारे नेपाली कम्युनिस्ट आन्दोलन लामो समयदेखि मौन बसेको बताउँदै आहुतीले भने, “नेपाली कम्युनिस्ट आन्दोलनले जात व्यवस्थाबारे बोलेन, बोले पनि जात एउटा सांस्कृति समूह भन्यो, जबकी जात सांस्कृतिक समूह होइन । जात वर्गको गुणसहितको मानव समुदाय हो । जात र वर्ग संघर्षलाई कसरी मिलाएर लैजाने भन्ने विषयमा कम्युनिस्टहरु भाग्दै गए । यो नेपाली समाजको आधारभूत अन्तरविरोधमध्येको एक थियो । जात व्यवस्थालाई बेवास्ता गरी गरिएका वर्ग संघर्ष छद्म संघर्ष बन्छ ।”

घरघरमा महिला दास भइरहेका छन्, जानजातिको ठूलो क्षति भइरहेको छ तर कम्युनिस्ट आन्दोलनको आधारभूत विषय कहिलै पनि नभएको आहुतीले दाबी गरे ।

नेपाली समाजका आधारतभूत अन्तरविरोधलाई जडसुत्रवादी ढंगबाट अध्ययन गरी चिनियाँ, रुसी समाजको विश्लेषणको फोटोकपी लागू गर्न खोज्दा पनि पथविचलन देखा परेको आहुतीले बताए ।

वर्ग विश्लेषणकै कमीका कारण सर्वहारा वर्गको पार्टीमा उत्पीडनको रक्षकहरु कम्युनिस्ट पार्टी बाहुल्यता हुनु पथविचलनको अर्को कारण भएको आहुतीले दाबी गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal