आज :

सामन्ती र निरंकुश पद्धतिको अभ्यास गरेकै कारण नेपालको कम्युनिस्ट आन्दोलन कमजोर भयोः डा. रावल

  • अनलाइन डबली

काठमाडौँ । नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावलले कम्युनिस्ट पार्टीलाई विधि र पद्धतिमा नभएर नोकरशाही र सामन्ती प्रवृतिले ग्रसित भई व्यक्ति वा समूहको स्वच्छाचारिता कामय गरेकै कारण कम्युनिस्ट आन्दोलन कमजोर हुँदै गएको बताएका छन् ।

काठमाडौँमा प्रगतिशील रुपान्तरण आन्दोलनले आयोजना गरेको ‘नेपालका कम्युनिस्ट आन्दोलनमा थपविचलनमा देखिएका कारणहरु’ कार्यक्रममा बोल्दै रावलले नेपालका कम्युनिस्ट पार्टीहरुले माक्र्सवाद, लेनिनवाद र माओविचारधारा लागु नगरेर आफैले सामन्ती र निरंकुश भनिएको पद्धतिलाई अभ्यास गरेकै कारण समस्या पैदा भएको बताए ।

कम्युनिस्ट पार्टीलाई विधि र पद्धतिमा संचालन नगर्ने र नोकरशाही र सामान्ती प्रवृतिले ग्रसित भई व्यक्ति वा समूहको स्वाच्छाचारीता कायम गरेकै कारण कम्युनिस्ट आन्दोलनमा समस्या भएको बताए ।

“संविधानमा समाजवादी ल्याउँछौं भन्ने, त्यसलाई कार्यान्वयन गर्छौ भन्ने, कानुनी शासन भन्ने, लोक कल्यणकारी राज्य प्रणालीबाट छिरेर समाजवाद ल्याउँछौं भनेर जनतालाई विश्वास दिलाउने तर पदको लागि कुनै मूल्य मान्यता छैन, गन्तव्यहिन, सिद्धान्तहिन, लक्ष्यहिन आदर्शहिन यात्रामा हिड्ने । यसो भएपछि पथविचलन नहुने त कुरै भएन” रावलले भने । उनले स्पष्ट गतव्य भएमात्र पथ सोझो जाने बताए ।

त्यसैगरी रावलले सत्तामा पुग्नुभन्दा राष्ट्र र जनताको हित र रक्षाको लागि गरेको वाचा पूरा नगर्ने समस्या बढ्दै गएको दाबी गरे ।

रावलले संविधानको कार्यान्वयनका लागि आवश्यक कानून नै बनाउन नसकेको र दलहरुको ध्यान सत्तामा मात्रै केन्द्रित रहेको तर कम्युनिष्ट पार्टीले सरकारको नेतृत्व गर्दा पनि नेपालको संविधानमा उल्लेखित समाजवादउन्मुख प्रणालीको रुपरेखासमेत ल्याउन नसकेको बताए ।

रावलले भने, “संविधानमा राष्ट्रिय स्वतन्त्रताको व्याख्या गरे पनि त्यसलाई कार्यान्वयनमा ल्याउन कानूनसमेत बनाउन सकिएको छैन । अहिले कम्युनिष्ट पार्टीको नेतृत्व गर्नेले कम्युनिष्ट विरोधीहरुसँग साँठगाँठ गर्दैन भनेर परिकल्पना गर्ने स्थिति नै बनेन ।”

प्रमुख नेताहरुले देश र जनताको गम्भीर समस्याका बारेमा परामर्श नगर्ने तर प्रतिक्रियावादी भनिएकाहरुसँग राज्यबाट लाभ र सुविधा भागबन्डा गर्न सक्रिय रहेर अवसरवादी क्रियाकलाप देखिएका कारण नेपाली कम्युनिस्ट आन्दोलन कमजोर भएको रावलको दाबी छ ।

नेपालका कम्युनिस्ट पार्टीमा मित्रवत छलफल हुन हुन छोडेको बताउँदै देशको पहिचान मेटिएमा व्यक्ति वा समुदायको पहिचान नभेटिने भन्दै रावलले पहिले देशलाई बलियो बनाउनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal