दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन सिजलले स्वास्थको समृद्धका लागि दक्ष जनशक्ति वृद्धिमा जोड दिनुपर्ने बताएका छन् । मन्त्री पुनले राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा स्नातकोत्तरतह अध्ययनरत विद्यार्थीको स्वागत तथा अध्ययन कार्यक्रमको उद्घाटनमा सो विषयमा जोड दिएका हुन् ।
मन्त्री पुन मगरले नेपालको स्वास्थ्य क्षेत्रको समृद्धि बिना अन्य क्षेत्रको समृद्धि नहुने समेत बतएका छन् । हरेक नेपाली नागरिकहरू स्वस्थ भएभने देश आफै स्वस्थ हुने बताउँदै उनले राज्यले नागरिकहरूको स्वास्थ्य सेवामा लगानी गर्नुपर्ने बताएका हुन् ।
आफू लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्री भएपछि सबैभन्दा पहिले र बढी जनस्वास्थ्यमा ध्यान दिने बताउँदै हरेक नागरिकको स्वास्थ्य राम्रो भयो भने मात्र नेपाल र लुम्बिनी प्रदेश समृद्ध हुने हुने भएकाले सबैलाई आफ्नो स्वस्थ प्रदेश र तन्दुरुस्त नागरिक अभियानलाई साथ दिन अपिल गरेका छन् ।
स्वास्थ्य मन्त्री पुनमगरले आफ्नो कार्यकालसम्म सकेसम्म प्रदेशवासी नागरिकको स्वास्थ्य सुधार गर्ने प्रतिबद्धता जाहेर गरे । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार श्याम लम्सालले यो कार्यक्रम नयाँ भएपनि सबै विद्यार्थीलाई धैर्यतापूर्वक सिक्नका लागि अनुरोध गरे।