आज :

संघीय संसद्को वेबसाइट भारतीय ह्याकरको कब्जमा, चीनविरुद्ध लेखियो- ‘स्टप सपोर्टिङ चाइना’

  • अनलाइन डबली

काठमाडौं । पछिल्लो समय निरन्तरजसो भैरहेको संघीय संसदको वेबसाइट डाउन र ह्याक हुने समस्या अझै हल हुन सकेको छैन । संसद्को वेभसाइटमा निरन्तर ह्याकरले पहुँच पु¥याइरहेका छन् ।

बिहीबार पनि संघीय संसद्को वेभसाइट ह्याक भएको छ । वेभसाइटको प्रमुख फोटो डिस्प्लेमा ह्याकरले भारतलाई सम्मान र चीनप्रति नकारात्मकता फैलाउने सामाग्री राखेका छन् । फोटोमा लेखिएको छ– ‘ह्वाट इज चाइना नोथिङ, स्टप सपोर्टिङ चाइना’

संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले भने, ‘हाम्रो पेज पूरै ह्याक भएको त छैन । तर, पेजमा स्पोन्सर हुने जस्तो गरी सामाग्री राखिएको रहेछ । केही समय अघि मात्रै हामीले थाहा पायौं । यो बारे समाधान गर्ने कोसिस आइटी टिमले गरिरहेको छ ।’

सरकारी कार्यालय त्यो पनि संघीय संसदको वेभसाइटमा पछिल्लो समय निरन्तर जसो डाउन र ह्याक हुने प्रवृति बढेको छ । जसले संसदीय सूचनाको संरक्षणमा असर गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal