आज :

गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न माग गर्दै सुप्रिम सहकारी पीडित सडकमा

  • अनलाइन डबली

बुटवल । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानविनको माग गर्दै सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितहरु सडकमा निस्किएका छन् ।

बुटवलस्थित सहकारीका पीडित विगत लामो समयदेखि आफ्नो बचन हिनामिनामा संलग्नलाई कारवाहीको माग गर्दै आन्दोलनरत छन् ।

गृहमन्त्री लामिछानेले उक्त सहकारी संस्थाको दुई करोड रुपैयाँ अपचलन गरेको दाबी गर्दै पीडितहरुले छानबिनको माग गर्दै आएका छन् ।

सुप्रिम सहकारीपीडित संघर्ष समितिले आयोजना गरेको प्रदर्शनमा सहभागी पीडितले सहकारीको रकम हिनामिनामा संलग्न संस्थाका पूर्व अध्यक्ष जीबी राईलाई पक्राउ गरेर कारबाही गर्न माग गरेका हुन् ।

पीडितहरु राजमार्ग चौराहामा भेला भएर प्लेकार्ड बोकेर प्रदर्शन गर्दै नाराबाजी गर्दै पीडित बुटवलको ट्राफिक चोकमा पुगेर कोणसभा गरेका थिए । प्रदर्शनमा सहभागीले गृहमन्त्री लामिछानेले मुख्य आरोपी जीबी राईलाई पक्राउ नगर्नुका कारण समेत माग गरेका छन् ।

गृहमन्त्री लामिछानेले रकम अपचलन गरेको पुष्टि भएको खबर सार्वजनिक भएपछि पीडितले छानबिनको माग गर्दै सडकमा निस्किएका हुन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार जिल्ला अदालतमा पेस गरेको अभियोग पत्रमा लामिछानेले सहकारीबाट दुइ करोड रुपैयाँ अपचलन गरेको उल्लेख छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal