आज :

‘भू-माफिया’ कुँवरले प्लटिङ गरेको जग्गा क्रान्तिकारी कम्युनिस्ट पार्टीको कब्जामा, किनबेच गरे कारवाही

  • अनलाइन डबली

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीले काठमाडौँको साल्खामा प्लाटिङ गरिएको विवादित जग्गा कब्जा गरेको छ । शुक्रबार काठमाडौँको शंखरापुर नगरपालिका– ८ स्थित साल्खामा रहेको उक्त जग्गामा झण्डा गाडेर कब्जा गरेको घोषणा गरेको हो ।

उक्त जग्गा सोही नगरपालिका–६ स्थायी घर भएका भू माफिया नवराज कुँवर, बहिनी कल्पना कुँवर र वडा नं. ९ इन्द्रायणीकी रोजिना थापाले उक्त जग्गा षड्यन्त्रपूर्ण ढंगबाट अवैध कारोबार गरी अन्य व्यक्तिलाई फसाएको क्रान्तिकारी कम्युनिस्ट पार्टीले बताएको छ ।

उक्त जग्गामा छरिएको पर्चामा पाँच बर्षअघि प्लटिङमा इश्वर खतिवडा भट्टराई, सावित्री ढुंगेल र सिताराम प्रसाद पराजुलीलाई हकबाट बञ्चित गरेको उल्लेख छ । साथै, उक्त जग्गा नवराजले आफ्नी श्रीमतिको नाममा नामसारी गरी विभिन्न सहकारी र फाइनान्स कम्पनीहरुमा धितो कारोबार गर्दै आएको पर्चामा उल्लेख छ ।

जग्गामा छरिएको पर्चमा भनिएको छ, “शंखरापुर नगरपालिका–६ स्थायी घर भएका नवराज कुँवर, बहिनी कल्पना कुँवर र सोही नगरपालिका ९ इन्द्रायणीकी रोजिना थापासहितको मिलेमतोमा जग्गा अवैध कारोबार गर्ने षड्यन्त्रपूर्वक गतिविधि गरी विभिन्न व्यक्तिलाई फसाउँदै हिड्ने कार्य गरेको जनगुनासो आएको छ । पछिल्लो चरणमा सोही नगरपालिका ८ स्थित साल्खामा पाँच बर्षअघि जग्गा प्लटिङ गरेको उक्त प्लटिङको लागि साँझेदारीमा लगानी लगाउने इश्वरी खतिवडा, सावित्री ढुंगेल र सिताराम प्रसाद पराजुलीलाई हक हिस्साबाछ बञ्चित गराई आजसम्म तड्पाई रहेको जानकारी प्राप्त भएको छ, सो जग्गा आफ्नै श्रीमति र छोरीको नाममा नामसारी गरी विभिन्न फाइनान्स र सहकारीहरुमा धितो कारोबार गरी पैसा लिएको पाइयो । निजहरुबाट धेरै व्यक्तिलाई उठिबास बनाई एक व्यक्तिबाट जग्गाको बैना असुल गर्ने अर्कोलाई पास गर्ने किर्ते कार्य गर्ने र गाउँटोल, मिछेकीलाई आक्रान्त बनाउने र ठगिधन्दा गर्ने गरेको र सरकारी प्रति जग्गा समेत नाममा गर्ने जस्ता कार्यप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।”

उक्त जग्गा किनबेच नगर्न पनि चेतावनी दिनुको साथै यस्ता गलत कार्य नरोके जनकारवाही गर्ने समेत बताइएको छ ।

यस्तो छ पर्चाः 

यी हुन् जग्गा दलालः 

 

 

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal