आज :

राष्ट्रिय टी–२० क्रिकेटः सुदूरपश्चिम र आर्मी विजयी

  • अनलाइन डबली

विराटनगर । विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी नेशनल टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र आर्मी विजयी भएका छन् ।

मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा शुक्रबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले विभागिय टोली नेपाल पुलिसलाई ५२ रनले पराजित गरेको छ ।

जितसँगै सुदूरपश्चिम ३ खेलमा २ मा जित र १ मा पराजित हुँदै ४ अंकको साथ दोस्रो स्थानमा उक्लिएको छ । टस जितेर ब्याटिङ गरेको सुदुरले नारायण जोशीको विस्फोटन ब्याटिङमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८३ रनको स्कोर खडा गरेको थियो ।

सुदूपश्चिमका लागि अविशेक पालले ३९ बलमा २ छक्का र ७ चौका प्रहार गरी ५८ रन बनाए । प्लेयर अफ द म्याच नारायण जोशीले विस्फोटक ब्याटिङ गर्दै १२ बलमा ६ छक्काको मद्दतमा ४० रन र किरण ठगुन्नाले ३० रनको योगदान दिए ।

पुलिसका शरद भेश्वाकरले ४ ओभरमा १ मेडन राख्दै ३ विकेट लिँदा मन्जित श्रेष्ठले २ विकेट लिए ।

जवाफमा १ सय ८४ रनको लक्ष्य पछ्याएको पुलिसले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ३१ रनमा समेटियो । पुलिसका शंकर रानाले नटआउट ९१ रनको पारी सम्हाले ।

६२ बलको सामना गरेका रानाले ५ छक्का र ९ चौका प्रहार गरेका थिए ।  त्यस्तै, अविशेक कार्कीले  २० बनाए । सुदुरपश्चिमका दिपक चन्द र शेर मल्लले समान २ ÷२  र नारायण जोशीले १ विकेट लिए ।

आजै भएको दोस्रो खेलमा विभागिय टोली त्रिभुवन आर्मीले कर्णाली प्रदेशलाई ८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ४० रनको योगफल तयार पारेको थियो ।

आर्मीका प्लेयर अफ द म्याच  वसिर अहमदले ३८ बलमा २ छक्का र २ चौका प्रहार गरि ४२ रन बनाए । यस्तै,सन्दिप रजालीले नटआउट ४१ रन र सन्तोष कार्कीले ३४ रनको योगदान दिए । कर्णालीका प्रकाश जैशीले २ विकेट लिँदा दिनेश अधिकारी र दिपेन्द्र रावतले १–१ विकेट लिए ।

जवाफमा १ सय ४१ को लक्ष्य पछ्याएको कर्णालीले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रन मात्र जोड्यो । कर्णाली लागि दिपेन्द्र रावतले नटआउट ४७ रन बनाउँदा  रविन्द्र शाहीले २२ रन र विपिन रावतले १८ रनको योगदान दिए । आर्मीका नितेश पटेलले २ विकेट लिँदा तीर्थराज दास, पवन कार्की, शहाव अलाम वसिर अहमदले १–१ विकेट लिए ।

प्रतियोगिताअन्तर्गत शनिबार पहिलो खेल कर्णाली र एपिएफ र तथा दोस्रो खेल वागमती र लुम्बिनीबीच खेल हुने आयोजक मोरङ क्रिकेट संघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal