
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनको निवासमा पुगेका छन् ।
सत्ता गठबन्धनमा सामेल हुने वा नहुने भन्ने विषयमा पार्टीभित्र छलफल गरिरहेका नेपालसँग अप्रत्यासितरुपमा प्रतिपक्षी कित्तामा पुगेको कांग्रेस सभापति देउवाले भेट गर्न लागेका हुन् । देउवा केहीबेर अघि मात्रै कोटेश्वरस्थित नेपालको निवासमा पुगेका हुन् ।
भेटमा देउवाले नयाँ समिकरणमा नजान नेपाललाई आग्रह गरेको बताइएको छ । वैकल्पिक गठबन्धन बन्ने सम्भावना रहेको बताउँदै देउवाले नेपाललाई सरकारमा नजाने निर्णय गर्न आग्रह गरेको स्रोतले बतायो ।
यसअघि मंगलबार साँझ प्रधानमन्त्री प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि घरमै पुगेर नयाँ गठबन्धनमा सामेल हुन आग्रह गरेका थिए ।
सरकारबारे आधिकारिक धारणा बनाउन एकीकृत समाजवादीको बैठक बस्न लागेको छ ।