काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग ताजा राजनीतिक घटनाक्रमबारे छलफल गरेर प्रधानमन्त्री प्रचण्ड शीतल निवासबाट फर्किएका छन् ।
नयाँ गठबन्धनको सबै तयारी सकेपछि प्रचण्डले राष्ट्रपतिसँग भेट्न समय मागेका थिए ।
नेपाली कांग्रेसका कारण गठबन्धन भत्किएपछि नेकपा एमालेसहितका नयाँ सरकार बन्न लागेको प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराएा थिए ।
आजै तीन मन्त्रीको शपथ खुवाउने तयारी भइरहेको छ । एमालेबाट पदम गिरी, माओवादीबाट हिमबहादुर तामाङ र रबिको पार्टीबाट डिपी अर्यालले शपथ लिने तयारी भइरहेको छ ।
गठबन्धन दलभित्र बाँकी मन्त्रालय भागबण्डको लागि पुनः बैठक बसेर टुंगो लगाउने नेताहरुले बताएको छ ।


अनलाइन डबली



