आज :

रबि लामिछाने जुन मन्त्रालयमा पाएपनि सरकारमा जाने, प्रचण्ड र ओलीले मुख खोलेका छैनन्

  • अनलाइन डबली

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने आफै सरकारमा जाने निष्कर्षमा पुगेका छन् । नयाँ समिकरण हुने निश्चित भएसँगै सोमबार विहानै बैठक बोलाएर निर्णय लिने अधिकार आफूले लिएका छन् ।

रबि जुन मन्त्रालय पाएपनि सरकारमा सहभागी हुने निश्चित भएको छ । आजै चारजना मन्त्रीले शपथ लिँदैछन् । नेकपा एमालेबाट पदम गिरी, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन, रबि र उपेन्द्र यादवले शपथ लिने तयारी भइरहेको छ ।

“नयाँ गठबन्धन निर्माण हुँदैगर्दा रबिजीले पटकपटक आफूलाई नछुटाउन प्रधानमन्त्री प्रचण्डसँग आग्रह गर्नुभएको थियो । त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि प्रचण्डलाई मनाइदिन निकै आग्रह गरेका थिए” स्रोतले भन्यो ।

रबि लामिछाने जुनसुकै मन्त्रालय पाएपनि सरकारमा जाने तयार भएका छन् । तर, अहिले उपप्रधानमन्त्री भइसकेको हुँदा उपसहित अन्य जुन मन्त्रालय स्वीकार गर्न तयार रहेको स्रोतको दाबी छ ।

“संसदको चौथो ठूलो दलले सरकारमा सहभागी हुन्छ भनेपछि लिनु परिहाल्यो, उहाँको कुरा सुन्दा त उपसहित जुन मन्त्रालय दिएपनि हुन्छ जस्तो छ तर पार्टीको हैसियतअनुसार मन्त्रालय लिने पर्ने हुन्छ” गठबन्धनका एक नेताले भने ।

ओली र प्रधानमन्त्री प्रचण्डले रबिलाई कुन मन्त्रालय दिने भन्नेबारे अहिलेसम्म मुख नखोलेको बताइएको छ । तर, रबिको पार्टीका नेताहरुले आफूले गृहमन्त्रालय पाउने दाबी गरेका छन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal