आज :

गगन-शेखरको ‘गनगन’ ले संघ र सातवटै प्रदेशमा काँग्रेस सरकार बाहिर हुने पक्का

  • अनलाइन डबली

काठमाडौं । नेपाली काँग्रेसका कारण सत्ता गठबन्धन भत्किएको छ । काँग्रेस सरकारमा सहभागी भएको भोलिपल्टबाटै प्रधानमन्त्री प्रचण्ड र सरकारको विरोधमा उत्रिएका थिए महामन्त्री गगन थापा । उनले राजनीतिमा जाने बुझेका सबै भाषा प्रयोग गरेर सरकारका विरुद्धमा उभिए । लाग्थ्यो काँग्रेस प्रमख प्रतिपक्ष दल हो र त्यसको महमन्त्री गगन ।

गगन–शेखर कोइराला गुटले गठबन्धन टुटाउन हदैसम्मको प्रयास जारी राखे । कोशीमा राष्ट्रियसभा चुनावसम्म आउँदा धाका दिए ।

सरकारमात्रै होइन, पार्टीभित्रै गगन र शेखर गुटले माओवादी र प्रचण्ड विरुद्ध माहौल बनाउन लागे । महासमिति बैठकमा गठबन्धन नगर्ने राजनीतिक प्रस्ताव नै ल्याए । २०८४ को चुनावको लागि अहिले नै गठबन्धन गर्ने कि नगर्ने विषय प्राथमिकतामा नभएपनि गठबन्धनमा खटपट ल्याउन नै उक्त प्रस्ताव ल्याएका थिए ।

यो बिचमा अर्को खेल पनि गरे गगन र शेखरले । प्रचण्डलाई प्रधानमन्त्रीबाट हटाएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बनाउने । त्यसको लागि काँग्रेस फुटाउनेसम्मको प्रयास पनि भए । गगनले संसदीय दलमा ४० प्रतिशत बहुमत पनि पुर्याउन नसकेपछि त्यो खेल पनि फेल भयो ।

राष्ट्रियसभा अध्यक्षमा पनि अस्वभाविक अडान गगन र शेखर समूहले नै राख्यो । देउवा राष्ट्रिय अध्यक्षबारे लचिलो देखिएपनि गगन र शेखर छोड्नै नहुने लाइनमा पुगे ।

कोशी प्रदेशमा भएको धोका दिनेलाई कारवाही गर्न समेत गगन र शेखर कम्मर कसेर लागे । जसका कारण देउवाले चाहेर पनि माओवादी उम्मेदवारलाई हराउन मुख्य भूमिका खेल्नेहरुलाई कारवाही गर्न नसक्ने अवस्थामा पुगे ।

कानुनमन्त्री धनराज गुरुङले हिजो नै टीरआरसी विधेयक पारित गर्नुपर्नेमा समय मागेर अल्झिाए । गुरुङ गगन–शेखर समूहबाट मन्त्री भएका थिए ।

मन्त्री गुरुङको भूमिकापछि प्रधानमन्त्री प्रचण्ड काँग्रेससँगको सहकार्यलाई तोड्ने निष्कर्षमा पुगे र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साँझ बालुवाटार बोलाए । प्रचण्ड सरकारलाई ओली सहयोग गर्न तयार भएपछि नयाँ समिकरणलाई अन्तिम रुप दिइयो ।

संघको सरकारबाट बाहिरएसँगै काँग्रेस अब सातवटै प्रदेशबाट पनि आउट हुने निश्चित छ । सबै प्रदेशसमा अब एमालेसहितको सरकार बन्ने निश्चित छ । गगन–शेखरकै कारण संघ र सातवटै प्रदेशमा फेरि काँग्रेस बाहिरिने पक्का भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal