आज :

मुटु रोगबारे सचेत हुन विशेषज्ञहरुको सुझाव

  • अनलाइन डबली

काठमाडौं । मुटुसम्बन्धी रोगबारे सर्वसाधारणलाई सचेत र सजग हुन विशेषज्ञहरूले सुझाएका छन् ।

आइतबार पूर्व सांसद मञ्च नेपालले आयोजना गरेको मुटुरोगबारे सचेतना कार्यक्रममा मुटुरोग विषेशज्ञहरुले नेपालमा बर्सेनि मुटुको समस्याका कारण हुने मृत्युदरमा बृद्धि आइरहेकोले खानपिन, नियमित चेकजाँच, स्वास्थ्य परीक्षण, नियमित व्यायाम आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै मुटुरोग विषेशज्ञ डा. विश्वास प्रधानले मुटुरोगबारे आधारभूत प्रशिक्षण दिँदै मुटु चले नचलेकोबारे जानकारी पाउन मुटु नजिकको अंग घाँटीमा छाम्नुपर्ने उल्लेख गरे । उनले भने, ‘हातले छोएर मुटु चलेनचलेको थाहा हुँदैन । त्यसका लागि हामीले मुटु नजिकको भाग घाँटीमा छामेर थाहा पाउन सक्छौं । त्यस्तै बेसिक लाईफ सपोर्ट गर्यो भने समुदायमा हामी ५० प्रतिशत मुटुरोगीलाई बचाउँन सक्छौं । तल्लो तहको पाठ्यत्रलममै यो उल्लेख गरिएका कारण केही अहिले जानकार भएका छन् । तर राष्ट्रव्यापी बनाउन सकिरहेका छैनौं । यो आवश्यक छ ।’

शरीरको सबै भन्दा महत्वपूर्ण अंगको रुपमा रहेको मुटुलाइ स्वस्थ्य राख्नका लागि मानिसहरु आफ्नो दैनिक जिवनमा परिवर्तन ल्याउन आवश्यक रहेको डा. प्रधानले बताए ।

‘विग्रदो खानपान, मानसिक तनाव, कामको चाप लगायतका कारण मुटुसम्बन्धी समस्या बढ्दै गएको छ । यसमा सुधार गर्न सकेमा यो रोगको निवारण सम्भव रहेको छ’ डा. प्रधानले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal