आज :

प्रधानमन्त्री निर्देशनपछि दुग्ध किसानले चैत्र २१ गतेसम्म सबै भुक्तानी पाउने भए, आन्दोलन फिर्ता

  • अनलाइन डबली

काठमाडौँ । दुग्ध किसानको आन्दोलन फिर्ता भएको छ । सरकारसँगको भएको ५ बुँदे सहमति सँगै किसानले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् । प्रधानमन्त्री प्रचण्डले किसानको बाँकी भुक्तानी तत्काल गर्न कडा निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि कृषि तथा पशुपन्थी मन्त्रालयाले वार्ताको पहल गरेको थियो ।

आइतबार भएको वार्तामा सरकारसँग पाँच बुँदे सहमति भएको छ । किसान प्रतिनिधि र सरकारबीच चैत्र २१ गतेभित्र बाँकी भुक्तानी गर्ने सहमति भएको हो । वार्तामा कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसाल समेत उपस्थित थिए ।

दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संस्था लि. नेपाल, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघका प्रतिनिधि र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवबिच किसानका मागहरू पूरा गर्ने सम्बन्धमा सहमति भएको छ ।

सहमति अनुसार दुग्ध उत्पादक कृषकहरूलाई दुध बिक्री गरे बापत पाउनुपर्ने रकम निरन्तरता दिँदै २०८० पुस मसान्तसम्मको रकमको भुक्तानी प्रत्येक उद्योगीहरूले यही २०८० साल चैत्र २१ सम्म गरिसक्ने भनिएको छ । त्यस्तै प्रत्येक उद्योगले सहकारीबाट खरिद गरिरहेको दूधको परिमाणलाई नघटाई मिल्क होलिडे नहुने गरी निरन्तर खरिद गरिरहने पनि सहमति भएको छ ।

दुग्ध उद्योगीहरूले दूध तथा दुग्ध पदार्थ निर्यातका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आवश्यक समन्वय गर्ने साथै दूध तथा दुग्ध पदार्थहरूको निर्यात प्रवर्द्धन सम्बन्धी विषयहरू नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने सहमतिमा उल्लेख छ।

यसैगरी नेपाल सरकारले पशुपालक किसानहरूलाई दिइरहेको कृषि तथा पशुपन्छी बीमा कार्यक्रमलाई निरन्तरता दिने भनिएको छ। केन्द्रीय दुग्ध सहकारी संघ लि। नेपालले राखेका अन्य मागहरू सम्बोधन गर्न पहल गर्ने पनि सहमति भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal