आज :

पर्यटन विकासका लागि निजी क्षेत्रसँग सहकार्य जरुरी: देउवा

  • अनलाइन डबली

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार र निजी क्षेत्रबीच सहकार्यविना पर्यटन क्षेत्रको विकास सम्भव नहुने बताएका छन् ।

नारायणी नदी किनारमा शुक्रबार आयोजित ‘भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले संविधानले पनि अर्थतन्त्रको विकासलाई तीनखम्बे नीति लिएको भन्दै पर्यटनको विकासको लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए ।

देउवाले भने,‘अहिले हाम्रो गठबन्धनको सरकार छ र यसले निरन्तरता पाउने छ । पर्यटन विकासको लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका छ । निजी क्षेत्रसँगको सहकार्यविना पर्यटनको विकास हुन सक्दैन । संविधानले पनि हाम्रो अर्थतन्त्रको विकासलाई तीनखम्बे नीति लिएको छ ।’

भरतपुर भ्रमण वर्षले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसारसँगै पर्यटक वृद्धि गरी मुलुकको आर्थिक विकासमा सहयोग पु¥याउने विश्वास उनले व्यक्त गरे ।

सभापति देउवाले भरतपुर देशकै प्रमुख पर्यटकीय गन्तव्य भएको भन्दै महानगरपालिकामा पर्यटकीय विकासका लागि पर्याप्त पूर्वाधार रहेको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal