आज :

भरतपुरमा पर्यटन विकासको सम्भावना प्रचुर : ओली

  • अनलाइन डबली

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको ठाउँ रहेको बताएका छन् ।

नारायणी नदी किनारमा शुक्रबार आयोजित भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भरतपुर पूर्वपश्चिम राजमार्ग र हुलाकी राजमार्गसमेत छोएको ठाउँ भएकाले पर्यटनको प्रचुर सम्भावना रहेको बताए ।

ओलीले भने,‘उत्तरदक्षिण बाटो, पूर्वपश्चिम राजमार्ग, हुलाकी राजमार्गसहितले छोएको यस्तो ठाउँ यहाँ पर्यटनको प्रचुर सम्भावना छ । मैले आफ्नो समयमा नदीको बाटोबाट गंगा नदी जोड्ने र हाम्रो कोशी, नारायणी, कर्णाली जस्ता नदीहरुलाई प्रयोग गरेर नदीको बाटोबाट कोलकाता बंगालसम्म जोडिने कुरालाई अगाडि बढाएको थिएँ ।’

अध्यक्ष ओलीले भरतपुर देशका विभिन्न क्षेत्रबाट बसाइसराई गरेर आएका र यहाँका आदिवासीको सुन्दर सम्मिश्रणको सहर भएको बताए ।

भरतपुरमा पूर्वाधार विकाससँगै कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रको केन्द्र बनाउन सकिने भन्दै यहाँको विश्वविद्यालयले कृषि क्षेत्रमा मार्गदर्शनको काम गर्न सक्नुपर्ने भनाइ उनले राखे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal