आज :

कर्णालीका सबै पर्यटकीय स्थलमा चाँडै यातायातको सहज पहुँच हुन्छः रक्षामन्त्री खड्का

  • अनलाइन डबली

काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले सडक सञ्जाल बिकासको माध्यमबाट कर्णाली प्रदेशका सबै सदरमुकाम तथा महत्वपूर्ण पर्यटकीय स्थलमा यातायातको सहज पहुँच पु¥याउन सरकार कार्यान्वयनको अन्तिम चरणमा रहेको जानकारी दिएका छन् ।

शुक्रबार कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८० को समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कर्णाली प्रदेशका १० वटा जिल्लमा ९ वटा राष्ट्रिय सडक सञ्जालमा आवद्ध भइसकेको बताए । उनले यसै आर्थिक वर्षभित्र हुम्ला जिल्लाको सदरमुकाम पनि राष्ट्रिय सडक सञ्जालमा जोडिने प्रक्रियामा रहेको जनाए ।

‘कर्णाली प्रदेशमा रहेका अपार जलसम्पदा, मूल्यवान जडिबुटी र सुन्दर पर्यटकीय गन्तव्यको अनुभूत गर्दै सरकार यसको बिकासको लागि प्रयत्नशील रहि आएको छ । यी सबै क्षेत्रलाई समानान्तर रुपमा अगाडि बढाउने माध्यम भनेकै भौतिक पूर्वाधारको बिकास हो । उनले भने, त्यसैले सडक सञ्जालको बिकासको माध्यमबाट कर्णाली प्रदेशका सबै जिल्ला सदरमुकाम तथा महत्वपूर्ण पर्यटकीय स्थलमा यातायातको सहज पहुँच पु¥याउने सरकारको प्राथमिकतासाथ कार्यान्वयनको चरणमा छ । १० वटा जिल्लमा ९ वटा राष्ट्रिय सडक सञ्जालमा आवद्ध भइसकेको छन् । यसै आर्थिक वर्षभित्र हुम्ला जिल्लाको सदरमुकाम पनि राष्ट्रिय सडक सञ्जालमा जोडिदै छ ।’

रक्षा मन्त्री खड्काले नेपालमा उपयुक्त आधुनिक स्टुडियो आजसम्म निर्माण नहुनु दुखद विषय रहेको पनि बताए ।
उनले संघ र सरकार मिलेर मुलुकको चलचित्र क्षेत्रलाई आवश्यक परेको स्टुडियो निर्माण गर्ने संकल्प गर्न प्रस्ताव गर्दै त्यसकोलागि संघीय सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक पहलका लागि प्रतिवद्ध जनाए ।

‘हामी नेपालमा उपयुक्त आधुनिक स्टुडियो आजसम्म पनि बनाउन सकेको छैनौ । हामी सबै मिलेर मुलुकको चलचित्र क्षेत्रलाई आवश्यक परेको स्टुडियो निर्माण गर्ने संकल्प गरौं । त्यसको लागि संघीय सरकारको तर्फबाट के अग्रसरता लिनुपर्छ म वचन दिन्छु । र संस्थागत रुपमा चलचित्र विकास बोर्डले यो विधालाई जोडेर विगतमा किन गरेन भन्दा पनि अब हामी गरौँ’ खड्काले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal